गौरीशंकरमा उमालाई जिताउन अपील गर्दै एमालेले अघि सार्‍यो ११ बुँदे योजना – Nepal Press

गौरीशंकरमा उमालाई जिताउन अपील गर्दै एमालेले अघि सार्‍यो ११ बुँदे योजना

काठमाडौं । नेकपा एमालेले गौरीशंकर गाउँपालिकामा सुखी र खुसीका दिन ल्याउने उद्घोषसहित उपाध्यक्षमा उमा शेर्पालाई जिताउन आग्रह गरेको छ । पार्टीले एक प्रतिवद्धतामार्फत उपचुनावका लागि शेर्पाका एजेण्डा मतदातासामु पस्किएको हो ।

पालिकामा स्थानीय पुर्वाधारको दिगो विकास, सुशास, मानवीय सेवा विस्तार र स्थानीय स्रोत साधनको समूचित प्रयोगबाट सबै जनतालाई समृद्ध बनाउन दृढ रहेको एमालेको भनाइ छ । यसअघि एमालेको नेतृत्वमा गाउँपालिका सञ्चालन हुँदा सुरू गरिएका काम र प्रयासहरूलाई निरन्तरता दिन, सुशासन ल्याउन, परिवर्तन र सकारात्मक आशा जगाउन शेर्पाको जित आवश्यक भएको पार्टीको जिकिर छ ।

२०७४ मा एमालेको नेतृत्व हुँदा दिगो विकासको आधारसहित जनताको जीवनस्तर उकास्ने काम सुरू भएको, सडक विस्तार, अस्पताल¸विद्यालय तथा सूचना प्रविधिको क्षेत्रमा इन्टरनेट सञ्जाल विस्तार भएकोमा ०७९ मा निर्वाचित जनप्रतिनिधिबाट थप उपलब्धि केही नभएको एमालेको आरोप छ ।

गौरीशंकरमा एमालेकै उपाध्यक्ष किन ? भन्दै पार्टीले ११ बुँदे योजना अघि सारेको छ

• स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले सार्वजनिक गरेको गौरीशंकर रूपान्तरणका अल्पकालीन र दीर्घकालीन प्रतिवद्दताहरू पूर्ण लागू गर्न पहल गरिने छ ।
• पालिकामा सशक्त, सही र जुझारू महिला जनप्रतिनिधि उपस्थिति गराउन ।
• सक्षम उपाध्यक्षको न्यायिक समितिबाट न्यायको अनुभूति गराउन ।
• माओवादी एकल बहुमतको नाममा मनपरि तन्त्र रोक्ने र पारदर्शी र जिम्मेवार बनाउन खबरदारी गर्न ।
• स्थानीय साधान स्रोत पहिचान र स्थानीय समुदायको परिचालनवाट समृद्द गौरीशंकरका लागि बजेट सहितको कार्यक्रम तयार गर्न ।
• पालिकामा भैरहेको भ्रष्टाचार¸अनियमिततालाई रोक्न ।
• उपाध्यक्षको जिम्मेवारीमा विकास निर्माणको अनुगमन गरेर कमसल काम र व्यथितिपूर्ण विकासे गतिविधिको अन्त्य गर्न ।
• विकट भूगोल, प्राकृतिक प्रकोपको जोखिमता र छरिएको वस्तिका कारण विभिन्न समस्या भोगिरहेको परिस्थितिमा एकीकृत वस्तीको अवधारणा अघि सार्न ।
• विकास निर्माणमा जनसहभागिता गराइ विकासका हकदार नागरिक हुन् भन्ने मर्मलाई व्यवहारमा कार्यान्वयन गर्न ।
• जनप्रतिनिधिहरू शासक हैनन्, सेवक हुन् भन्ने मर्मलाइ मनन् गर्दै सामाजिक रूपान्तरणमा जनप्रतिनिधिहरूले भूमिका खेल्ने वातावरण तयार गर्न ।
• न्यायिक सम्पादनका सन्दर्भमा मेलमिलाप प्रकृयालाई प्राथिमकता दिँदै सामाजिक न्यायमा अधारित न्याय सम्पादनमा नेतृत्वदायी भूमिका खेल्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर