मिटरब्याज असुलेकाे भन्दै नेकपा बहुमतका कार्यकर्ताले व्यवसायी दम्पतीको नाक काटे – Nepal Press

मिटरब्याज असुलेकाे भन्दै नेकपा बहुमतका कार्यकर्ताले व्यवसायी दम्पतीको नाक काटे

दाङ । सर्वसाधारणसँग मिटर ब्याज असुलेको भन्दै नेकपा बहुमतका कार्यकर्ताले व्यवसायी धर्मबहादुर बस्नेत र पत्नी माधवा बस्नेतको नाक काटिदिएका छन् ।

आज बिहान घोराहीको विपी चोकस्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले बस्नेतको चक्कुले नाक काटेका हुन् । नेकपा बहुमत हाल धर्मेन्द्र बास्तोलाको नेतृत्वमा छ । धर्मबहादुर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् ।

नाक काट्ने नेकपा बहुमतका कार्यकर्ता फरार छन् । उनीहरूको खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिए । नेकपा बहुमतका कार्यकर्ताले यसअघि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई कालोमोसो दलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *