३१४ वटा कम्पनीमध्ये नेप्सेले ११२ वटालाई मात्रै कारोबारयोग्य किन भन्यो ? – Nepal Press

३१४ वटा कम्पनीमध्ये नेप्सेले ११२ वटालाई मात्रै कारोबारयोग्य किन भन्यो ?

काठमाडौं । ३१४ वटा कम्पनीको सेयर कारोबार भइरहेको बेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ११२ वटा कम्पनी मात्रै कारोबार योग्य भनेर सार्वजनिक गरेको छ ।

आज नेप्से ३१४ वटा कम्पनीको सेयर कारोबार भएको छ । तर, नेप्सेले आज कारोबार योग्य कम्पनी ११२ भनेर सार्वजनिक गरेको छ ।

‘धितोपत्र व्यापारी (स्टक डिलर) कार्य संचालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३ (२) बमोजिम मापदण्ड पुरा गरेका तपसिल बमोजिमका कारोबार योग्य कम्पनीहरु दफा ३(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि अद्यावधिक गरी सोही कार्य विधिको दफा ३ ९१० मा रहेको व्यवस्था बमोजिम ११२ वटा कम्पनी कारोबार योग्य रहेको छ,’ नेप्सेको सूचनामा भनिएको छ ।

नेप्सेका सूचना अधिकारी मुरहरी पराजुलीले डिलरले कारोबार गर्न पाउने कम्पनी ११२ वटा भनेर नेप्सेले सार्वजनिक गरेको बताए ।

उनले भने, ‘नेप्सेले सार्वजनिक गरेको ११२ वटा कम्पनी डिलरले सेयर कारोबार गर्न पाउने हो । अन्य कम्पनी अयोग्य भन्ने होइन । ११२ वटा कम्पनीको सेयर डिलरले कारोबार गर्न पाउने हो ।’

नेप्सेले सार्वजनिक गरकेो कारोबार योग्य कम्पनीहरुमा २६ लघुवित्त संस्था रहेका छन् । भने, २५ वटा जलविद्युत कम्पनी छन् । १९ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंक रहेको छ ।

त्यस्तै, कारोबार योग्य कम्पनीहरुमा ५ फाइनान्स कम्पनी, ७ जीवन बीमा कम्पनी, ११ निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी र उत्पादन तथा अन्य समूहका २÷२ वटा कम्पनी रहेका नेप्सेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर