बीआरआईबारे झलनाथ- १५३ देशका लागि हितकर, नेपाललाई कसरी ऋण पासो ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले विआरआईबारे अनावश्यक विवाद नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि बीआरआईबारे बहस चलिरहेको बेलामा नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्न आग्रह गरेका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको उत्तरी छिमेकी मुलुक जनवादी गणतन्त्र चीनले करिब १० वर्ष अघि सारेको वेल्ट एण्ड रोड पहलकदमी सुरुमा चीनले अघि सारेको भए पनि अब त्यो एउटा विश्वव्यापी अवधारणा र परियोजना बनेको छ । विगत १० वर्षको अवधिमा बदलिँदो विश्व परिवेशमा वेल्ट एण्ड रोड परियोजनामा विश्वका १५३ मुलुकहरु एक वा अर्को संझौतामा जोडिई सकेका छन । ती मुलुकहरुमा ३००० भन्दा बढी ठूला, मझौला र साना योजनाहरुमा सम्झौता भएका छन र तिनीहरु लागू भइरहेका छन् । यी परियोजनाहरुमा अहिलेसम्म १.४ ट्रीलियन डलरभन्दा बढी लगानी भइसकेको छ र विभिन्न देशमा लाखौं लाख जनताले रोजगारी समेत प्राप्त गरेका छन र गर्दैछन् ।’
नेपालले पनि २०१७ मा विआरआई सम्झौता भएको उल्लेख गर्दै नेपालका एकपछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चिन विरोधी कुप्रचारको शिकार भएर विआरआई सहयोगलाई ऋण पासोका रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस पटक प्रधानमन्त्रीको चीन भ्रमण हुँदा यी पूर्वाग्रहहरुलाई तोड्दै बीआरआई लगायत नेपालको राष्ट्रिय हित अनुकूल हुने अन्य अनेकौं विषयमा सम्झौता होला भन्ने आशा जनताले गरेका छन् । तर फेरि पनि बीआरआई गर्ने कि नगर्ने भन्ने विषयमा नै सत्तारुढ दुई दलबीच बहस भइरहनु र ठोस निर्णय गर्न नसक्नु मुलुककै निम्ति बिडम्वना बन्न पुगेको छ ।’
विआरआई विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति ऋण पासो कसरी हुन्छ ? यो कहाँको स्ट्यान्डर हो ? सत्तारुढ दलहरु नेपाली बुद्धिले चल्छन् कि पश्चिमाहरुको निर्देशनमा चल्छन् ? भन्दै प्रश्न गरेका छन् ।
‘सत्तारुढ दुई दलका नेताहरु सरकार र प्रधानमन्त्रीलाई म के भन्न चाहन्छु भने हामी नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखौँ, भूराजनीतिको पासोमा नफसौ, नेपाली बुद्धिले अन्तराष्ट्रिय सम्वन्धलाई हेरौं, छिमेकमा चीन जस्तो विकासवान विश्वकै दोस्रो आर्थिक शक्ति हुनु हाम्रा निम्ति ठूलो अवसर समेत हो’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो अवसरलाई बुद्धिमतापूर्ण रुपले ग्रहण गरौं, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर विआरआई कार्यान्वयन लगायतका विभिन्न सम्झौताहरु गरेर चीनसंग सहयोग र सम्बन्धलाई गहिरो बनाउँदै राष्ट्रिय विकास र निमार्ण कार्यलाई गति प्रदान गरौं ।’
एमसीसी सहायता अनुदान थियो तर यो हीतकर थिएन् भनि सबैभन्दा चर्को आवाज उठाउने व्यक्ति पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिआरआई ऋण सहायता हीतकर छ भनि कसरि भन्न सकेका होलान् ।
एमसीसी सहायता अनुदान थियो तापनि यो हीतकर थिएन् भनि सबैभन्दा चर्को आवाज उठाउने व्यक्ति पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिआरआई ऋण सहायता हीतकर छ भनि कसरि भन्न सकेका होलान् । श्रीलंकाले ऋण तिर्न नसकेर टापु समर्पण गरेका पनि विर्सेछन् सायद दिमागमा धमिरा लाग्दै गएको होला।
ऋणको पासो जसले भन्यो त्यो भारतको दलाल हो भनेर बुझे हुन्छ ।