अखिल क्रान्तिकारीको सम्मेलन मंसिर २३ गते नै सुरु गर्न पार्टीले पहल गर्ने अनसनरत विद्यार्थीसँग सहमति – Nepal Press

अखिल क्रान्तिकारीको सम्मेलन मंसिर २३ गते नै सुरु गर्न पार्टीले पहल गर्ने अनसनरत विद्यार्थीसँग सहमति

काठमाडौं । नेकपा माओवादीका केन्द्रीय कार्यालय पेरिसडाँडामा अनसनरत तीन विद्यार्थी नेता आमरण अनसन तोडेका छन्।

स्थगित भएको बन्दसत्र मंसिर २३ गतेदेखि नै सुरु हुने सुनिश्चितताको माग गर्दै अनसन बसेका विद्यार्थीहरुले पार्टी महासचिव देव गुरुङको रोहवरमा अनसन तोडेका हुन्।

अनसरत विद्यार्थीहरुसँग चार बुँदे सहमति भएको छ। स्थगित भएको सम्मेलन मंसिर २३ गते नै सुरु गर्ने पार्टीले आवश्यक पहल गर्ने, हालकै प्रतिनिधिबाट नेतृत्व चयनका लागि निर्वाचित समितिलाई निर्वाचनको कार्यतालिकासहित प्रक्रिया सुरु गर्नेलगायत चार बुँदे सहमति भएको हो।

अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगाना अनसन बनेका थिए।

असोज १० गतेदेखि काठमाडौंमा सुरु राष्ट्रिय सम्मेलन उमेर हद विवादको कारणले नेतृत्व चयन नगरी स्थगित गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर