विश्लेषकहरूको दृष्टिमा सत्तारुढ एमालेको सडक प्रदर्शन
काठमाडौं । प्रतिनिधि सभाको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको चार महिना पुगिसकेको छ । दुई तिहाइ समर्थन भएको शक्तिशाली केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न सकिरहेकाे छैन ।
विपक्षी दल मात्रै होइन, सत्तारुढ दलका नेताहरुले पनि सरकार प्रभावकारी ढंगले चल्न नसकेको भन्दै आलोचना गर्न थालेका छन् । विपक्षी दलहरुले यो वा त्यो बहानामा सडक तताइरहेको बेलामा सत्ताकै नेतृत्व गरिरहेको एमाले पनि भोलि सडकमा उत्रिँदैछ ।
उपत्यकाका तीन जिल्लाले गर्ने कार्यक्रममा एक लाख मानिस उतार्ने एमालेले लक्ष्य लिएको छ । तर, एमालेले सामाजिक सद्भावका लागि मंसिर ७ गते जागरण सभा गर्न लागेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने भन्दै लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेहरूका विरुद्धको जागरण अभियान भएको बताए ।
उनले बुधबार काठमाडौंमा ओयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागका हौँ । यो अपिल जनतामा लैजान खोजेको हो । अहिलेको सरकारले जनतालाई सेवा दिने कुरामा कमजोरी गर्नुहुन्न । तर, अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ, त्यसले देशको मनोबल कमजोर बनाउने प्रयास भएको छ । राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दल मात्रै होइन, सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो ।’
अराजकता, अस्थिरता र जनतामा एमाले र एमाले नेतृत्वविरुद्ध भ्रम छरेको भन्दै एमालेले त्यसको प्रतिवाद गर्नको लागि काठमाडौंमा कार्यकर्ता उर्तान लागेको हो ।
ज्ञवालीले थपे, ‘लोकतन्त्रमा राजनीतिक दलहरु, जनआधारित पार्टीहरु सत्तामा हुँदा जनतामा जान नहुने, सत्तामा नहुँदा मात्रै जाने भन्ने भाष्य हामीले लिनु हुँदैन । शान्तिपूर्ण हिसाबले कानून र विधिअनुरुप जनतामा जाने अभ्यासलाई निरन्तर अगाडि बढाउनुपर्छ । यो जनताबाट सुन्ने, जनतामा के भइरहेको छ, सरकारप्रतिका जनताका धारणा के छन् भन्ने कुरा सुन्ने अवसर पनि हो ।’
देश बर्बाद भइरहेको भन्ने निराशाको खेती गर्न चिनुपर्नेमा जोड दिँदै अराजकतावादी, माओवादी, रास्वपा र राजावादी मिलेको टिप्पणी गरे । त्यसो सत्तारुढ दल एमाले मात्रै होइन, विपक्षी दलहरु पनि सडक आन्दोलनमै छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ओली सरकार असफल भएको भन्दै कात्तिक १० गते काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गरेको थियो। अहिले माओवादीले सबै पालिकामा सरकारविरुद्ध खबरदारी सभाको तयारीमा रहेको राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
पार्टी पदाधिकारी बैठक राखेरै माओवादीले देशभर खबरदारी सभा गर्ने उर्दी जारी गरेको थियो। त्यसो त माओवादीका अध्यक्ष प्रचण्डले पनि हरेकजसो भाषणमा नयाँ संकल्पसहित अब नयाँ आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै आएका छन् ।
प्रतिनिधि सभाको चौथौ ठूलो दल रास्वपा पनि सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सडक आन्दोलनमै छ । सरकारको पछिल्लो कदमले प्रतिशोध राखेको पुष्टि भएको भन्दै आन्दोलनको मोडलमा परिवर्तन गरेपछि नछाडेको प्रवक्ता मनिष झाले बताए ।
उनले भने, ‘हाम्रो अहिलेजस्तै अनुशासित र नियन्त्रित विरोध प्रदर्शन हुनेछ। तर, सत्तापक्षले डेलिभर गर्ने हो । उहाँहरु सडकमा आएर प्रधानमन्त्रीको पार्टीले जनप्रदर्शन गर्ने रे, दरवारमार्गमा प्रधानमन्त्रीको पार्टीले प्रदर्शन गर्दा जनताको दैनिकलाई कस्तो असर पार्ला ।’
सरकारको नेतृत्व गर्नेले जनताको दैनिक विगार्छु भन्दै शक्ति देखाएर अरुलाई तर्साउँछु भनेर लागेकोप्रति असन्तुष्टि जनाए ।
रास्वपा मात्रै होइन, राप्रपा हुँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसम्मले सडकमा आफ्नो शक्ति देखाइरहेका छन् । विपक्षीदेखि सत्तारुढ दल किन सडक आन्दोलनमा केन्द्रित छन् ? भन्नेबारे हामीले केही राजनीतिक विश्लेषकलाई सोध्यौं ।
राजनीतिक पार्टीहरुले सडकमा शक्ति प्रदर्शन गर्नुलाई स्वभाविक ठान्ने राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन् ।
उनी भन्छन्, ‘एमालेको यो प्रदर्शन सत्ता जोगाउने अभ्यास हुनसक्छ । हामी शक्तिशाली छौं भनेर देखाउनको लागि पनि सडकमा शक्ति प्रदर्शन गर्न खोजेजस्तो देखिन्छ । पहिला पञ्चायलतमा पञ्चर्याली हुन्थ्यो अहिले राजनीतिक पार्टीहरुले शक्ति र्याली गरिरहेका छन् ।’
सरकारको नेतृत्व गरिरहेको एमालेले विरोधीलाई देखाउन सडकमा ओर्लिन खोजेको उनको बुझाइ छ ।
उनले थपे, ‘यसलाई असल कुरा मान्न सकिँदैन । विपक्षीलाई हामीसँग पनि शक्ति छ । जनता पनि हाम्रो पक्षमा ठूलो शक्ति छ भन्ने देखाउयन खोजेको छ । तर, यसले सत्ता टिकाउन हुँदैन । जनताको विश्वास जित्नेगरी काम गर्नततिर केन्द्रित हुनुरपर्यो ।’
अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोर सडकले आन्दोलन कुरिरहेको तर्क गर्छन् ।
उनले भने, ‘अहिले सडकमा हुने उपस्थिति कलाविहीन तमासा हुन पुगेको छ । प्रचण्ड शक्ति देखाउन खोजेपनि सकेका छैनन् । वैकल्पिक शक्ति बन्न हतारिएकाहरू स्वयं वैशाखीमा हिँड्नुपरिरहेको छ । संसद् निष्प्रभावी छ, यता सडक सुनसान छ ।’
उनले अहिले सत्ता वा सत्ताबाहिर भएपनि दलका नेताहरु व्यक्ति पूजा, संगठनको केन्द्रीकरण, प्रादेशिक ढाँचाको उपेक्षा, तथ्यको ढाकछोप र आफ्नो मान्छेको संरक्षण लागेको उनको बुझाइ छ । सत्ताको खेल खेलिरहने र बाहिर हुन पुग्नासाथ सडक तताउन प्रवृत्ति पनि देखिएको बताए ।
उनले भने, ‘अहिले पुराना दलहरूलाई गाली गरेर सडक तताउन खोजिरहेका छन् । जेजस्ता आरोपआक्षेप लगाएर आलोचना गर्थे, त्योभन्दा सर्वथा भिन्न तिनीहरूको पनि रबैया झल्किएन । संघीयता र गणतन्त्रलाई सरापेर सडकबाट शक्ति आर्जन गर्न चाहनेहरु पनि छन् ।’
उनले कांग्रेस र एमाले अहिले पनि हाम्रै संगठन देशव्यापी छ, त्यस्तै परे सत्ता र सडक हामी नै कब्जा गरेर देखाउन सक्छौं भन्ने परेको उनको बुझाइ छ ।
अर्का राजनीतिक विश्लेषक रोशनराज जनकपूरी संसदीय राजनीतिमा सत्ता जोगाउनको लागि अनेक दलका नेताहरुले अनेक खेल गर्ने टिप्पणी गर्छन् ।
उनले भने, ‘अहिले कसले कसलाई अफ्ठ्यारोमा पार्ने, कसरी आफू सत्तामा जाने भन्नेमा केन्द्रित छ । अहिले स्थानीय तहको उपनिर्वाचन पनि आउँदैछ त्यसका लागि पनि आफ्नो एजेण्डा सेट गर्नको लागि सडकमा उत्रिन लागेका देखिन्छ ।’
विपक्षी दल र दुर्गा प्रसाईंजस्ता व्यक्तिहरुले सडक आन्दोलन चर्काएको देखेपछि एमालेले पनि शक्ति प्रदर्शन गर्न खोजेको उनको बुझाइ छ ।
उनी थप्छन्, ‘अहिले दुई ठूला दल कांग्रेस र एमाले सत्तामै छन्, माओवादी पनि सडक आन्दोलन भन्दैछ, रास्वपाले पनि केही समय सडकमा प्रर्दशन गर्यो । त्यसकै तयारीमा छ, राप्रपा पनि त्यही आन्दोलन गर्ने भन्दैछ । सबैले आआफ्नो स्पेस बनाउँन खोज्दैछन् । दुर्गा प्रसाईंले पनि सडक आन्दोलन गरेर आफ्नो पक्षमा केही मान्छे पारेका छन्, सडक आन्दोलनबाट शक्ति प्रदर्शन गरेपछि सबैले केही न केही फाइदा लिन खोजेपछि एमाले पनि स्वभाविक रुपमा सरकारको नेतृत्व गरिरहेको भएपनि सडकमा आउँनैपर्यो ।’
जनताले काम गर्न नसकेको भन्दै आलोचना गर्न थालेपछि सरकार अफ्ठ्यारोमा परेको बेलामा आफ्नो बचाउमा एमालेले सडकबाट शक्ति देखाउन खोजेको जिकिर गरे ।
उनले थपे, ‘संसदीय राजनीतिमा सरकारको जतिसुकै काम गरेपनि विरोध हुन्छ।, तर, अहिले दुई ठूला पार्टी मिलेर सरकार बनाएपनि जनअपेक्षित काम गर्न नसकेको आलोचना भइरहेको बेलामा आफ्नो शक्ति देखाउन खोजेको हो ।’
एमालेले अहिले केही दलालहरूले देश र जनता विरूद्व फैलाईरहेको अफवाह चिर्न प्रदर्शन गर्दा वेठिक भन्नेहरू कसैबाट परिचालित हुन् ।
yestalai vanchan jhooleeee…..