संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको अध्यक्ष र सदस्यका लागि १२८ जनाको आवेदन (सूचीसहित)
आवेदन दिनेमा पूर्व सचिवदेखि पूर्व एआईजीपीसम्म
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा अध्यक्ष र सदस्यका लागि १२८ जनाले आवेदन दिएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्ष एवम सदस्य सिफरिस गर्नका लागि सरकारले गठन गरेको सिफारिस समितिको सचिवालयले आवेदन दिने १२८ जनाको नामावली सार्वजनिक गरेको हो ।
पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिले दुवै आयोगका लागि अध्यक्ष र सदस्यका लागि मागेको आवेदनमा आवेदन दिनेको सूची सार्वजनिक गरेको हो । जसमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि अध्यक्ष र सदस्यसहित १० पदका लागि १२८ जनाले आवेदन दिएका छन् ।
यस्तै मानव अधिकारको क्षेत्रमा कार्यरत विभिन्न २२ वटा संस्थाले पनि अध्यक्ष तथा सदस्यमा विभिन्न व्यक्तिलाई सिफारिस गरेका छन् । आवेदन दिनेमा नेपाल सरकारका पूर्व सचिव डा.मानबहादुर बिश्वकर्मा सहित अन्य पूर्व सचिव, सहसचिव, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुल थापा, मानवअधिकारकर्मी सुवोधराजज प्याकुरेल कानून व्यवसायी लगायत रहेका छन् ।