परिवर्तनका संवाहक युवा राजनीतिमा किन सधैँ उपेक्षित ?
राजनीति कुनै पनि राष्ट्रको निति निर्माण र समाजको संरचना निर्धारण गर्ने प्रमुख माध्यम हो । यस्को सफल सञ्चालनका लागि सबै वर्गको सहभागिता आवश्यक हुन्छ । यस्को नेतृत्व र सहभागिताको विविधता जति उच्च हुन्छ, त्यस्ले समाजलाई त्यति नै सन्तुलित र न्यायपूर्ण बनाउँछ । युवाहरू देशको सबल श्रमशक्ति र विचारधारा , राजनीतिक नयाँ दृष्टिकोण र जोशको प्रतिनिधि पात्र हुन् ।
युवाहरू राजनीतिमा संलग्न भए समाजमा नवीनता, स्थिरता र दीर्घकालीन दृष्टिकोण ल्याउन सक्छन् तर विडम्बना युवाहरूले राजनीतिमा सामना गर्नु पर्ने चुनौतीहरू विविध छन् । तीब्र प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली र परम्परागत सोचका कारण युवाहरूमा आफूलाई राजनीतिमा स्थापित गर्न ढुङ्गाको चिउरा चपाउनु जस्तो भएको छ ।
विश्वको इतिहास फर्केर हेर्दा युवा नेताहरूले सामाजिक र राजनीतिक परिवर्तनमा निर्णायक भूमिका खेलेका छन्। (1789-1799) फ्रेन्च क्रान्तिमा युवा नेतृत्वको भूमिका उल्लेखनीय थियो । दक्षिण अफ्रिकाको रंगभेद विरोधी आन्दोलनमा ‘ नेल्सन मण्डेला ‘ ३० वर्ष उमेरमा सकृय राजनीतिमा खुट्टा हालेका थिए ।
युवाहरूको राजनीतिमा सक्रिय सहभागिताले दिगो विकास लक्ष्य ( SDGs) प्राप्त गर्न सहयोग पुग्दछ । शिक्षा स्वास्थ र पूर्वाधार विकासमा युवाको भूमिकाले समाजलाई तीब्र परिवर्तन दिन्छ । युवाहरू लोकतन्त्रलाई सक्रिय सहभागी र उत्तरदायी बनाउन सक्ने क्षमता राख्छन् ।
‘अलेक्ज़ेंडर हॅमिल्टन ‘ मात्र २१ वर्षका थिए जब उनी अमेरिकाको संविधान लेख्न सक्रिय भए । स्विडेनकी ‘ ग्रेटा थन्बर्ग ‘ १५ वर्षकी हुँदा जलवायु परिवर्तनका विरुद्ध आन्दोलन सुरू गरिन् । नेपालकै प्रसङ्गमा पनि राणा शासनको अन्त्यदेखि प्रजातन्त्र स्थापनासम्मको आन्दोलनमा युवाको अग्रणी भूमिका छ । २००७ मा ‘वीपी कोइराला ‘ ३६ वर्षको उमेरमा प्रमुख राजनीतिक नेता बने । राजा महेन्द्रद्वारा पञ्चायती व्यवस्था लागू पछि २०१७ मा युवाहरूले निरंकूश शासनविरुद्ध आवाज उठाए ।
२०४६ मा पञ्चायती व्यवस्थाको अन्त्य गर्न गरिएको जन आन्दोलनमा युवाहरूको व्यापक सहभागिता थियो जस्को नेतृत्व नै युवाहरूका संगठनहरूले गरेको थियो । १० वर्षे द्वन्द्वका क्रममा ४० प्रतिशतभन्दा बढी लडाकु २५ वर्षमुनिका थिए । २०६२-६३ को राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि युवाहरूको ठूलो योगदान छ । हजारौं विद्यार्थी, युवा नेता र युवा कार्यकर्ताले आन्दोलनमा सकृय सहभागिता जनाए । पुरानो युग र क्रान्तिहरूमा युवाको योगदान अतुलनीय पाइन्छ । Plato को ‘The Republic’ मा नै युवाको शिक्षाले राज्यको भविष्य निर्धारण गर्ने बताइएको छ ।
तर, आजको युगमा युवाहरूको राजनीतिक सहभागिता प्रतिनिधित्वमा सीमित भएको छ । इतिहासबाट पनि प्रेरणा लिँदै युवाहरूलाई अग्रपंक्तिमा ल्याउन संस्थागत सुधार, नेतृत्व विकास कार्यक्रम र युवा प्रतिनिधित्वका लागि उचित व्यवस्थाजस्ता कदमहरू आवस्यक छन् । विश्वका अधिकांश देशमा युवा जनसंख्या राजनीतिमा निर्णय लिने तहमा कम उपस्थित छन् ।
UNDP का अनुसार विश्वभर १५-२५ वर्ष उमेर समुहका युवा १.२ अर्ब छन् जस्ले विश्वको कुल जनसङ्ख्याको १६% प्रतिनिधित्व गर्छन् तर राजनीतिमा युवाको प्रतिनिधित्व २.६% मात्र छ । नेपालको हकमा १६-४० वर्ष उमेरका युवाले जनसङ्ख्याको ४०% प्रतिनिधित्व गर्छन् । संविधानले युवालाई विकासको मुख्य आधार मान्ने उल्लेख भए पनि सकृय राजनीति र नेतृत्व गर्ने युवाहरूको सङ्ख्या निकै कम छ । २०७९ को निर्वाचनपछि संसदमा ३५ वर्षमुनिका संसद प्रतिनिधिको सङ्ख्या ५% भन्दा कम छ ।
युवाहरूलाई राजनीतिमा अघि बढ्न संस्थागत, सामाजिक, आर्थिक, व्यक्तिगत, संरचनागत जस्ता प्रकारका चुनौतीहरू सामना गर्नुपरिरहेको छ । नेपाली राजनीति अझै पनि वरिष्ठता प्रणालीमा आधारित छ । युवा नेताहरूलाई नै शीर्ष नेतृत्वमा पुग्न धेरै समय र संघर्ष गर्नु परेको छ । नेपालका ठूला दलहरूले युवालाई उच्च पदमा पँहुच दिन खोजे पनि चराको पखेटा काटिदिए जस्तै निर्णायक भूमिकामा पुग्न कम दिने गरेका छन् ।
हामीसँग युवाहरूका लागि विशेष कार्यक्रम र उनीहरूको क्षमतालाई उपयोग गर्नेका लागि नीति निर्माण नै कमजोर छ । परम्परागत समाजले राजनीतिमा युवा सहभागितालाई अनुचित मान्ने गर्छ । युवाहरूलाई अपरिपक्क ठानेर उनीहरूको योगदान र क्षमतालाई अवमूल्यन गरिन्छ । राजनीति अनुभवी र पाका व्यक्तिको क्षेत्र हो भन्ने धारणा बलियो पाइन्छ । बुझेर हो या नबुझेरै परिवारले पनि युवाहरूलाई राजनीतिमा लाग्न प्रोत्साहन नगरेको पाइन्छ ।
संसद र स्थानीय निकायमा पनि युवाका लागि कोटा निर्धारण गरिनुपर्छ । रुवाण्डामा लैङ्गिक कोटाजस्तै युवा कोटा प्रणाली लागू गरिएको छ र जस्को नतिजा युवा पुस्ताको राजनीतिक चासो र सहभागीता बढेको छ । नीति निर्माण र कूटनीतिमा युवा सदस्य संलग्न गराउने अभ्यास हुनु पर्छ । राज्यले नै युवाहरूलाई नेतृत्व विकास र राजनीतिक ज्ञानका तालिमहरू उपलब्ध गराउन जरुरी छ ।
अझ लहैलहैमा निर्माण गरिएको भाष्य ‘राजनीति फोहोरी खेल हो’ ले पनि युवा राजनीतिमा आउन डराइरहेका छन् । युवाहरूमा पनी अझै राजनीतिमा महिलालाइ अझै धेरै चुनौती छ र विभेदको शिकार बन्नु परेको पाइन्छ । वर्ग उत्थानका लागि लागू गरिएको कोटा प्रणालीमा सीमित गराउने र महिला भन्ने बित्तिकै ‘उप’ पदमा थन्क्याउन खोज्ने प्रवृत्ति हावी छ । अर्कोतर्फ आर्थिक चुनौतीले पनि युवाहरूलाई भूमिकामा पुग्न पछि धकेल्ने गरेको छ ।
निर्वाचनमा धेरै खर्च हुने, चुनाव लड्न मात्रै व्यक्तिगत ऋण लिनुपर्ने कारणले पनि युवाहरू प्रतिस्पर्धा गर्न असमर्थ हुन्छन् । Transparency International का अनुसार नेपालमा एक निर्वाचनमा उम्मेदवारले औसतमा ५० लाख भन्दा बढी खर्च गर्नुपर्छ । धेरै युवा रोजगार खोज्ने क्रममा आर्थिकरूपमा अस्थिर छन् जस्ले गर्दा पनि राजनीतिमा सक्रिय बन्ने सम्भावना घट्दो छ । सँगै राजनीतिमा रणनीतिक ज्ञानको महत्वपूर्ण भूमिका हुन्छ तर युवाले राजनीतिको जटिलता बुझ्न नसक्दा पनि पछि परिरहेका छन् । राजनीतिमा युवालाई विभाजन र गुटबन्दीले स्वतन्त्ररूपमा काम गर्न कठिन बनाइरहेको छ ।
राजनीतिमा युवालाई यस्तै चुनौतीको प्रभाव डरलाग्दो देखिन्छ । युवा सहभागिताको कमीले राजनीतिक निर्णयहरू अघिल्लो पुस्ताको दृष्टिकोणमा मात्र सीमित भएको पाइन्छ जस्ले नयाँ विचार प्रविधि र समसामायिक समस्यालाई समाधान गर्ने क्षमता र नीति निर्माणमै खाडल उत्पन्न गरिरहेको छ । उचित ठाँउ नपाउँदा युवाहरू निरास भएका छन् र त्यस्को नतिजा अनुसार Transparency International ले गरेको सर्वेक्षण नै धेरै युवा राजनीतिलाई नै भ्रष्ट र अप्रभावी भनेर स्थापित गर्न लागिरहेको पाइएको छ ।
युवाले ल्याउन सक्ने नवीन सोच र दिगो विकासको योजनालाई प्रयोग गर्न नसक्दा समाजको समग्र प्रगतिमा अवरोध सिर्जना भैरहेको छ । राजनीति र रोजगार दुवैमा अवसर नपाएपछि धेरै युवा विदेश पलायन भइरहेका छन् र यो हाम्रो अधोगति हो । युवाको क्षमता प्रयोग गर्न नसक्दा दीर्घकालीन विकास लक्ष्य (SDGs) प्राप्तिमा नै अवरोध हुन्छ र शिक्षित सशक्त युवाको अभावले शासन प्रणाली नै कमजोर बन्न गइरहेको छ ।
संस्थागत सुधार , आर्थिक सहयोग, सामाजिक सचेतना होस् या अन्तर्राष्ट्रिय अभ्यासको अनुकरण गरेर होस् नीति निर्माण बाटै युवालाई राजनीतिमा सक्रिय बनाउन आवश्यक देखिएको छ । राजनीतिक दलभित्रको युवा प्रतिनिधित्व र नेतृत्वदायी भूमिकामा स्थापना नै पहिलो महत्वपूर्ण कदम हो । जस्तै नेकपा एमालेले नीतिबाट नै विभिन्न तहमा विभिन्न अनुपातमा ४० वर्षमुनिका युवा सहभागिता अनिवार्य हुनु पर्ने नीति केही अघि मात्र सुरू गरिसकेको छ र नतिजा स्वरूप युवा पङ्तिको नेतृत्वमा पुग्ने विश्वास बढेको र धेरै युवाहरू सक्रियरूपमा लागिपरेको पाइएको छ ।
संसद र स्थानीय निकायमा पनि युवाका लागि कोटा निर्धारण गरिनुपर्छ । रुवाण्डामा लैङ्गिक कोटाजस्तै युवा कोटा प्रणाली लागू गरिएको छ र जस्को नतिजा युवा पुस्ताको राजनीतिक चासो र सहभागीता बढेको छ । नीति निर्माण र कूटनीतिमा युवा सदस्य संलग्न गराउने अभ्यास हुनु पर्छ । राज्यले नै युवाहरूलाई नेतृत्व विकास र राजनीतिक ज्ञानका तालिमहरू उपलब्ध गराउन जरुरी छ ।
युवाहरूलाई आर्थिकरूपमा सक्षम बनाउन रोजगार र उद्यमशीलतामा लगानी सहज बनाइदिनु पर्छ । युवाले निर्वाचन लड्न सक्ने गरी आर्थिक पक्षमा निर्वाचन सीमा लागू गरी त्यस्को कडा अनुगमन अत्यन्त जरुरी छ । हाम्रो पाठ्यक्रममा नै नागरिक शिक्षा समावेश गरिनु पर्छ र हर नागरिकलाई समाजमा राजनीति सकरात्मक परिवर्तनको माध्यम हो भन्ने धारणा स्थापित गराउनु पर्छ ।
अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्ने हो भने धेरै देशहरूले युवाको राजनीतिक सहभागिता बढाउन सफल नीति अपनाएका छन् । नर्वेले युवा संसद् स्थापना गरेको छ । भारतले युवा संसद कार्यक्रम र नेता प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ । फिनल्याण्डले युवालाई नीति निर्माणमा सक्रिय गराएको छ । जर्मनीमा युवा संसद र फेलोशिप कार्यक्रमहरू सञ्चालन गरिन्छ । यस्ता देशहरू अरु धेरै छन् । युवा सहभागिता र सक्रियता राजनीतिमा बढाउन नेपालले पनि यस्ता अभ्यास सिक्नु पर्छ ।
आजको युगमा युवाहरूको राजनीतिक सहभागिता प्रतिनिधित्वमा सीमित भएको छ । इतिहासबाट पनि प्रेरणा लिँदै युवाहरूलाई अग्रपंक्तिमा ल्याउन संस्थागत सुधार, नेतृत्व विकास कार्यक्रम र युवा प्रतिनिधित्वका लागि उचित व्यवस्थाजस्ता कदमहरू आवस्यक छन् । विश्वका अधिकांश देशमा युवा जनसंख्या राजनीतिमा निर्णय लिने तहमा कम उपस्थित छन् ।
राजनीतिमा युवाको भूमिका अतुलनीय हुन्छ । युवा समाज रूपान्तरणको शक्ति हुन् । युवाले समाजमा नविन सोच र प्रविधिको प्रयोग मार्फत व्यापक परिवर्तन ल्याउन सक्छन । हेर्ने हो भने भारतमै युवा नेताहरूले प्रविधिमार्फत सरकारी सेवाहरूको प्रभावकारिता बढाएका छन् । युवाहरूको राजनीतिमा सक्रिय सहभागिताले दिगो विकास लक्ष्य ( SDGs) प्राप्त गर्न सहयोग पुग्दछ । शिक्षा स्वास्थ र पूर्वाधार विकासमा युवाको भूमिकाले समाजलाई तीब्र परिवर्तन दिन्छ । युवाहरू लोकतन्त्रलाई सक्रिय सहभागी र उत्तरदायी बनाउन सक्ने क्षमता राख्छन् ।
तसर्थ, राजनीतिमात्र अनुभवको खेल हैन । यो त अनुभवसँगै नवीन सोच, जोश र समर्पणको संयोजन हो । राजनीतिमा युवाहरूको सहभागितामात्र अधिकार हैन, यो राष्ट्र विकासको अपरिहार्य आवश्यकता हो । युवाहरू राष्ट्रका मेरुदण्ड हुन् । उनीहरूको राजनीतिक सहभागिताले समावेशी र दिगो विकासको मार्ग खोल्छ । युवाहरूलाई अवसर र स्रेत उपलब्ध गराइयो भने उनीहरूले मात्र हैन समग्र समाजले प्रगतिको फड्को मार्नेछ । राजनीतिमा युवाको सहभागिता विकल्प हैन, राष्ट्र निर्माणको अपरिहार्य शर्त हो ।
राजनीति उमेरले मात्र हुँदैन । नेपालका युवाको वकालत गर्नेले हेक्का राख्नै पर्ने केही अहम सवालहरू छन् । जसका बारेमा बहस गर्नु पर्दछ । अहिले कस्तो देखिदैछ युवा प्रबृति? किन पद प्रतिष्ठा र राजनीतिक पहुँचको सवालमा मात्र युवाको कुरा गरिदैछ ? विश्व राजनीतिको नेतृत्वमा कति युवा छन् ? नेपालको संविधान, कानुन र राजनीतिक पार्टीका नीति र कार्यक्रम र सयाैँ वर्षदेखि पार्टी राजनीतिबाट सत्ता सञ्चालन भएका देशका राजनीतिक पार्टीको युवा नीति र ति देशको संविधान, कानुनमा कस्ता व्यवस्था छन्? अनि त्यहाँ युवा उमेर समूहका बारेमा के हुँदैछ ? बहस जरूरी छ कि छैन? त्यतिकै उपेक्षा वा सम्मानको प्रश्न नगर्दा नै न्यायोचित हुने देखिन्न र ?