भद्रकालीबाट सुरू भयो एमालेको जुलुस (तस्बिरहरू)
काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंमा गरेको जागरण सभाअन्तर्गत र्याली सुरू भएको छ ।
देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि भन्दै एमालेले शक्ति प्रदर्शन गरेको हो ।
एमालेको र्याली भद्रकालीबाट सुरू भएर न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुँदैछ । सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली छन् ।
एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । जुलुसका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त भएको छ।