‘राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेलाई कमजोर पार्ने प्रयास हुने गरेको छ’ (भिडिओ)
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्ने प्रयास भइरहेको भन्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै मुलुकलाई समृद्धि र विकासको यात्रामा अगाडि बढाउने अठोटका साथ सभा गरेको बताए ।
उनले भने, ‘अहिले हाम्रो पार्टीलाई समाप्त पार्नको लागि अनेक प्रकारको प्रपञ्च गरिएका छन् । पहिले महाकाली सन्धिको नाममा विभाजित गर्ने दुष्प्रयत्न गरियो । महाकाली सन्धि नेपालको राष्ट्रिय हितको विपक्षमा हुन्थ्यो भने त्यो उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो । नेपालको सन्दर्भमा जलस्रोतको उपयोगको सन्दर्भमा सबैभन्दा राष्ट्रवादी सन्धिका महाकाली सन्धिलाई अगाडि बढाउँदा पार्टीलाई बदनाम मात्र भएन विभाजित गर्ने प्रयास भयो । यही कार्यकर्ता पंक्ति पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भयो । विभाजित गरेको पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाइयो ।’
उनले विकास र समृद्धिको यात्रामा नेतृत्व गर्ने पार्टी एमालेमात्रै भएको बताए ।