एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन, पार्टीको आदर्श नमान्ने कारवाहीमा पर्छन् : शंकर पोखरेल – Nepal Press

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन, पार्टीको आदर्श नमान्ने कारवाहीमा पर्छन् : शंकर पोखरेल

'संसदीय समितिको सिफारिसअनुसार रविमाथि छानबिन हुँदा एमालेलाई निशाना बनाइयो'

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा सबैभन्दा सही ठाउँमा रहेको जिकिर गरेका छन् । काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै भ्रष्टाचारको सबै विपक्षमा एमाले रहेको बताए ।

उनले भने, ‘सुशासनको मामिलामा हाम्रो पार्टी यो देशका अरु राजनीतिक पार्टीभन्दा सबैभन्दा सही ठाउँमा छ । हाम्रो पार्टी अध्यक्षले भन्नुहुन्छ- म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भनेर यो अध्यक्षको भनाइमात्रै होइन, एमालेको भनाइ हो । एमालेका नेता कार्यकर्ता कसैले पार्टीको आदर्शलाई समात्न सक्दैनन् भने कारवाहीको भागीदार हुन्छन् ।’

उनले एमालेका नेता कार्यकर्तालाई कुनै अभियोग लागेमा कहिल्यै पक्षमा नलाग्ने बताए ।

उनले थपे, ‘अभियोग लागेपछि निलम्बन गरेर छानबिनलाई सघाउने गरेका छौं । तर, पुरानाको विकल्प भन्ने स्वतन्त्र पार्टीका सभापतिले के-के गर्नुभयो भन्ने भन्नु पर्दैन । संसदको समितिले छानबिन गरेर कारवाहीको सिफारिस गरेर प्रक्रिया अगाडि बढाउँदा प्रहारको निशाना एमालेलाई बनाइएको छ ।’

उनले आफूहरू सुरूदेखि नै व्यक्तिकेन्द्रित छानबिन समिति बनाउन हुँदैन भन्ने पक्षमा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर