कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएपनि यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएपनि यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै विरोधीहरुले षड्यन्त्र गरेपछि समीकरण तलमाथि नहुने बताए ।

उनले भने, ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ । म ०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउँनुहुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ ।’

उनले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएपनि देशलाई अफ्ठ्यारोमा पार्न खोजेपछि एक ठाउँमा आएको जिकिर गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर