चार महिनाको वैदेशिक व्यापार: ०.१७ प्रतिशतले आयात बढ्दा ४.१६ प्रतिशतले बढ्यो निर्यात – Nepal Press

चार महिनाको वैदेशिक व्यापार: ०.१७ प्रतिशतले आयात बढ्दा ४.१६ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनासम्म आयात र निर्यात दुबै बढेको छ । चालू आवको साउनदेखि कात्तिक मसान्तसम्म आयात ०.१७ प्रतिशतले बढ्दा निर्यात ४.१६ प्रतिशतले बढेको हो ।

भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म पाँच खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिएको छ । गत वर्षको सोही अवधिमा नेपालले ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

त्यस्तै, यस अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात गरिएको थियो ।

यस अवधिमा नेपालले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आवको सोही अवधिमा नेपालले चार खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

यस अवधिमा नेपालले चार खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको सोही अवधिमा नेपालले ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *