उपनिर्वाचनमा कांग्रेसको प्रतिबद्धता- सहकारी पीडितको बचत फिर्ता र दोषीलाई कारबाही – Nepal Press

उपनिर्वाचनमा कांग्रेसको प्रतिबद्धता- सहकारी पीडितको बचत फिर्ता र दोषीलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह उपनिर्वाचनमा सहकारी ठगीमा परेका नागरिकको बचत फिर्ता गराउनेसहित ६ प्रतिबद्धता व्यक्त गरेको छ ।

महामन्त्री तथा उपनिर्वाचन केन्द्रीय संयोजना समितिका संयोजक विश्वप्रकाश शर्माले पार्टी पंक्तिलाई पठाएको १५ बुँदे आन्तरिक सर्कुलरमा सहकारी ठगी गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

महामन्त्री शर्माले उपनिर्वाचनमा मतदाताबीच लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउन, स्थानीय तहलाई थप जनमुखी बनाउन, संघीय सरकारलाई अझ जिम्मेवार बनाउन, सहकारी ठगीमा परेका नागरिकको बचत फिर्ता गराउने र दोषीलाई दण्ड दिलाउन निर्देशन दिएका छन् ।

यस्तै, गाउँठाउँमा विगतमा पुगेका विकासको कार्य नागरिक पंक्तिमा स्मरण गराउँदै अधुरा विकास योजनाहरुलाई गति दिएर नागरिकमा नयाँ विश्वास भर्ने कर्म गर्न, स्थानीयवासीको भावना र आवश्यकता अनुसार स्थानीय स्तरका मुद्दाको जिम्मेवार ढंगले नेतृत्व गर्न पनि भनेका छन् ।

कांग्रेसले यो उपनिर्वाचनमा पनि सहकारीको मुद्दालाई प्राथमिकता साथ उठाएको छ । कांग्रेसले निरन्तर प्रश्न उठाएपछि रास्वपा सभापति समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अहिले सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर