युनिफर्ममा टिकटक बनाउने कास्कीका दुई ट्राफिक प्रहरीलाई कारबाही गर्न पत्र
काठमाडौं । नेपाल प्रहरीको पोशाकमा टिकटक बनाउने दुई प्रहरी अधिकारीलाई कारबाही भएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट कास्कीमा कार्यरत प्रहरी सहायक हवल्दार हरिचन्द्र रिमाल र प्रहरी जवान कोपिला थापामगरलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले कारबाही गरेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयको उजुरी छानबिन शाखाले प्रहरी आचरण विपरित प्रहरी पोशाकमा भिडियो बनाई सािमाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने प्रहरी कर्मचारीलाई कार्यालयबाटै आवश्यक कारवाही गरी जानकारी गराउन र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश, २०७७ को पूर्ण रुपमा पालना गर्न गराउन मातहतका सबै कार्यालयलाई निर्देशन पनि दिएको छ ।
कार्यालयले प्रहरी कर्मचारीले सामाजिक सञ्जाल लगायतका सामग्रीको प्रयोग गर्ने सम्बन्धी कार्यविधि, २०७१ को कार्यान्वयन गर्न गराउन भन्दै पटक–पटक प्रहरी प्रधान कार्यालयबाट परिपत्र भए पनि केही प्रहरी कर्मचारीले विभागीय नीति निर्देशनको पालना नगरको कार्यालयले कारवाही गरेको पत्रमा उल्लेख छ ।
hoina training ma daily briefing k chai sikayo ta ?? dherai kura haru siknu sikaunu jaruri xa hai…