नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत, सदस्यमा उपसचिव शर्मा (भिडिओ) – Nepal Press

नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत, सदस्यमा उपसचिव शर्मा (भिडिओ)

अजरबैजान, बाकु । नेपाल अल्पविकसित राष्ट्रहरुको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रुपमा पुनः मनोनयन भएको छ ।

अजरबैजानको बाकुमा जारी जलवायु सम्मेलनको क्रममा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीको व्यवस्थाअनुसार अनुकुलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा मनोनीत भएका हुन् । बोर्ड सदस्यको लागि शर्मालाई नेपाल सरकारले प्रस्ताव गरेको थियो । एलडिसी समूहले शर्मालाई सन् २०२५÷२०२६ का लागि बोर्ड सदस्यको रुपमा मनोनयन गरेको हो ।

यो मनोनयनपछि नेपाललाई अनुकुलन कोषमा पहुँच बिस्तारका लागि सहज हुने र कार्यक्रम स्वीकृत गरी बजेट ल्याउन सहजीकरण हुने मनोनीत सदस्य शर्माले बताए ।

‘जलवायु अनुकुलन कोषको बोर्ड सदस्यको रुपमा पुनः कार्य गर्न पाउँदा खुशी लागेको छ’, उनले भने, ‘नेपालसहित अन्य ४४ राष्ट्रको अनुकुलन सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न बजेट र कार्यक्रम स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गर्ने भुमिकामा मैले सहजीकरण गर्नेछु ।’

शर्माले यसअघि पनि सन् २०२२ देखि २०२४ सम्मका लागि बोर्ड सदस्यको रुपमा काम गरिसक्नुभएको छ । अझै पनि जलवायु अनुकुलन कोषको वैकल्पिक सदस्य, आर्टकर्टकल ६ दशमलव ४ को वैकल्पिक सदस्य, स्थानीय समुदाय तथा आदिवासीसँग सम्बन्धित समूहको वैकल्पिक सदस्य, हरित जलवायु कोष सदस्य, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि समितिको सदस्य पद रिक्त छ । नेपालले यी पदमा क्षमतावान व्यक्तिलाई सदस्य बनाउने गरी पहल गर्न आवश्यक छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *