दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरद्वारा एमालेलाई एक लाख जरिवाना – Nepal Press

दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरद्वारा एमालेलाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँको जरिवाना तोकेको छ ।

बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तोकिएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिएका छन् ।

महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ ।

एमालेले आज जागरण सभा गरेको थियो । जसमा हजारौंको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

5 thoughts on “दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरद्वारा एमालेलाई एक लाख जरिवाना

  1. बालेनलाई एमालेको विरोध गर्न कसैले खटाएको हुनुपर्छ । उसले महानगर बनाउनेभन्दा भत्काउने काम बढी गरेको छ । एमालेलाई मीन बहादुरले जग्गा दिएको भोलिपल्ट भाटभटेनीको पर्खाल भत्काएर रिस पोख्यो । आज जागरण सभा गरेको भनेर रिस पोखेको हो । जनता एमालेको पक्षमा व्यापक देखेपछि तिलमिलाएर यसो भनेको हुनुपर्छ । होईन भने बालेन मेयर भएपछि सयौं संस्था र पार्टीले काठमाडौंमा कार्यक्रम गरिसके । कुन चाहिँलाई अहिलेसम्म कारवाही गरेको छ ? आजै तीन ठाउँमा जुलुस थियो । सानो ठूलो त हैसियत अनुसारको हुन्छ । अरूलाई चाहिँ किन गरिनस् बालेन ? वास्तविक नेपालीले बालेन भन्दैन । एमाले विरोधी, भारतीय दलालहरूले मात्र बालेन बालेन भन्छ । धरहरा चलाएर कमाउँला भन्ठानेको ओलिले दिएनन भनेर रिस पोखेको हो । बालेन तुच्छ र घटिया राजनीति गर्दैछ ।

  2. अनि दरवारमार्ग पेटी बनाउने नाममा विगत करिव एक वर्षदेखि बालेनले फोहोर गरेर राखेको छ । त्यो बापत कसलाई कारवाही गर्ने ?

  3. सहर सफा राख्नु पर्छ, महानगरको काम हो त्यो !!
    १. कसैले अनाध्रिकित रुपमा फोहोर गर्छ भने सजाय हुनु पर्छ उसलाई !!
    २. उल्लेख्य कुरा यहा के छ भनें, एमाले कुनै ब्येक्ति हैन, रानीतिक पार्टी हो, संस्था हो, सार्बजानिक जानकारी गराएर आयोजना भएको सार्बानिक कार्यक्रम हो त्यो, यस अर्थमा त्यो महानगरको पनि कार्यक्रम हो बुहने हो भने !!
    ३. सहरमा चहल पहल हुनु, मानिशको जमघट हुनु र सहर चलायमान हुनु राम्रो कुरा हो !! महानगरले त्येस्ता समारोहलाई सुरक्ष्या र सहयोग गर्नु पर्छ र त्यो हो सभ्यता !!
    ४. फोहोर हुन् सक्छ, त्येही भएर फोहोर मैला बिभाग छ, सरकारले पैसा दिन्छ !!
    ५. अझ, त्येहाँ त पार्टीका स्वयंसेवकले जिम्मेवार पुर्बक सरसफाई गरेका छन् त्यो राम्रो पक्ष्य हो तर यहाँ महानगरले त्यो अवसरलाई अर्कै रुपमा हेर्यो !!
    ६. के काठमान्डूमा काठमाडौँ मा घर भएका बाहेक कोहि नआउन भन्न खोएको हो : बनाउन खोजेको ‘मृत सहर’ !!
    ७. बालेनको यौटा प्रतिसोध देखियो यहाँ : अत्तिबाद देखियो !! यस्तो गतिबिधी, महानगरको सभ्यता हैन !! प्रतिसोध र मुटाव महानगरको चाहना हैन !! ब्येक्तिगत रुपमा कत्ति फाइदा हुन्छ त्यो थाहा छैन तर यस्तो छुद्र ब्येवहारले महानगरको लागि कत्ति हित गर्छ त्यो सोचनीय बिसय हो !!
    ८. अर्को कुरा, रानीतिक हिसाबले सबै भन्दा प्रस्ट, जनप्रिय, बिस्वाशिलो र देशको हित मात्र लक्ष्य भएको पार्टी प्रति यत्ति धेरै खनिनु, अनि भारतीयहरु संगको हिम चिम जुन देखिन्छ बालेनको, त्यो के कुराको संकेत हो ?? यो निकै नजिकबाट हेरिएको बिसय हो : नेपाललाई आफु भन्दा धेरै मायाँ गर्नेहरुले :: भरौटेहरुको त के कुरा !!! दोश्रो लेन्डुप दोर्जी हो भारतले खोजेको जुन, नेपालीको लागि छाति थिच्ने ढुंगा हो !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर