कम्बोडिया उडे सभामुख घिमिरे
नेपाल प्रेस
२०८१ मंसिर ७ गते २१:३०
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन् । मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को एघारौं पूर्ण सत्रमा सहभागी हुन सभामुख घिमिरे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
५ सदस्यीय संसदीय प्रतिनिधिमण्डलसहित घिमिरे बिहीबार बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठकमा नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर