किरिया खर्चको रकममा पनि नायब सुब्बाले घुस खाएपछि अख्तियारको फन्दामा – Nepal Press

किरिया खर्चको रकममा पनि नायब सुब्बाले घुस खाएपछि अख्तियारको फन्दामा

काठमाडौं । किरिया खर्चको रकममा पनि घुस खाएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोककुमार यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

सवारी ज्यान कसुर मुद्दामा मृतकको आफन्तले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जाँदा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो ।

पीडित पक्षबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित यादवलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिएको र यादवमाथि थप अनुसन्धान भइरहेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

 


प्रतिक्रिया

One thought on “किरिया खर्चको रकममा पनि नायब सुब्बाले घुस खाएपछि अख्तियारको फन्दामा

  1. सत्तेता मा अाधारित समचार हुनु पर्छ यहाँ वढि मिडिया ले दोषि करार गर्ने चलन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर