दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका मेहताको मृत्यु – Nepal Press

दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका मेहताको मृत्यु

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका फुलेश्वर मेहताको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरी प्रहरीका अनुसार प्रसाईं सवार बागमती प्रदेश ०१-०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका- ३ स्थित नहर चोकमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कोशी ब्यारेजतर्फ गइरहेको प्रसाईं सवार गाडीको ठक्करबाट दुई जना घाइते भएका थिए । घाइतेमध्ये स्थानीय ६० वर्षीय फुलेश्वर मेहताको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनालगत्तै दाहिने खुट्टा र हातमा चोट लागेका मेहेतालाई उपचारको लागि भोक्राहा नरसिंहमा रहेको सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

सप्तकोशी न्युरोमा केही दिन उपचार गरे पनि मेहेताको अवस्थामा सुधार नभएपछि थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो ।

उक्त अस्पतालमा मेहेताको शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पक्षले भने सप्तकोशी न्युरो अस्पतालको लापरबाहीको कारण मेहेताको ज्यान गएको आरोप लगाएका छन् ।

चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको दाबी गर्दै घटना छानबिन माग गर्दै मृतकका आफन्तले आन्दोलनको तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर