चितवन स्कुल बस दुर्घटना अपडेट: घाइते २ विद्यार्थीको अवस्था गम्भीर – Nepal Press

चितवन स्कुल बस दुर्घटना अपडेट: घाइते २ विद्यार्थीको अवस्था गम्भीर

चितवन । चितवनको उपरदाङगढीबाट फर्किएको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये दुई विद्यार्थीको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिएका छन् ।

उपरदाङगढीमा स्काउटको कार्यक्रम तथा वनभोज खाएर फर्किएको चित्रवन विद्यालयको बसमा ३२ जना विद्यार्थी सवार रहेको जनाइएको छ । उनीहरुमध्ये २० जना घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र कालिका नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा ९ जना विद्यार्थीको उपचार भइरहेको छ । पुरानो मेडिकल कलेजमा ६ जना र बाँकी घाइते विद्यार्थीको सामान्य अवस्थामा कालिका नगर अस्पतालमा उपचार भइरहेको छ ।

कालिका नगरपालिकाका मेयर विनोद रेग्मीका अनुसार कार्यक्रम र वनभोज कार्यक्रम सकेर फर्किने क्रममा कालिका नगरपालिका वडा नम्बर ९ मा पर्ने द्रव्यटार भन्ने ठाउँको मोडमा ब्रेक फेल भएर बस दुर्घटना भएको थियो ।

चित्रवन विद्यालयको म.प्र ०३-००१ क २६७७ नम्बरको स्कुल बसमा कक्षा ५ देखि १० सम्मका स्काउटमा सहभागी विद्यार्थी रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *