बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण – Nepal Press

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

दमौली । बन्दीपुर गाउँपालिका-४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ ।

स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले रु १० लाख पाँच सय ६५ सहयोग गरेका थिए ।

दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ । भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको उनले बताए ।

गुम्बाका माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । समाजसेवी गुरुङप्रति उनले कृतज्ञता ज्ञापन गर्दै समाजमा उनजस्ता धेरैको खाँचो रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *