चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित – Nepal Press

चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

जलेश्वर । चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो ।

तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा सरोज भगतले बताए । अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ ।

उक्त अस्पतालमा दैनिक दुई सय बिरामी आउने गरेका छन् । विशेषज्ञ डाक्टर नहुँदा आफूहरू प्रभावित भएकोे जलेश्वर–२ का अनिलकुमार साहले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको बताए ।

उनले अस्पताल व्यस्थापन समिति, मधेस सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए । साथै उनले राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी रकम पनि यथाशक्य चाँडो व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर