सन्तान नजन्माउने अभियानलाई कानून बनाएर निषेध गर्दै रुस
काठमाडौं । सन्तान जन्माउनु हुन्न भन्ने सन्देश दिने अभियान रुसमा प्रतिबन्ध गरिएको छ ।
सामाजिक सञ्जाल, आमसञ्चार, चलचित्र वा बिज्ञापन सबैतिर यसलाई प्रतिबन्ध गरिएको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार शनिवार राष्ट्रपति भ्यादिमिर पुटिनले एक कानुन ल्याएर यस्तो गर्न लागेका हुन्।
नियत टोड्नेलाई ५० हजारबाट एक लाख रुबलसम्म जरिवाना तोकिएको छ । यो आम मान्छेलाई हो ।
सरकारी अधिकारीको हकमा एक लाखदेखि दुई लाख तथा कानुन क्षेत्रले ५० लाखसम्म क्षतिपूर्ति बेहोर्नुपर्छ ।
रुसमा पछिल्ला दशकहरूमा बहुसन्तानको अभियान चलेको छ ।
नयाँ पुस्ताले विवाह गर्न र सन्तान जन्माउन अरुचि देखाउँदै गरेकोले यस्तो गर्न थालिएको हो ।
सन २०२२ बाट युक्रेन हमलापछि त यो मुद्दा झन् पेचिलो बन्दै गएको छ ।