निजी क्षेत्रको समस्या समाधान गर्दै सरकार अगाडि बढ्छ : मन्त्री भण्डारी – Nepal Press

निजी क्षेत्रको समस्या समाधान गर्दै सरकार अगाडि बढ्छ : मन्त्री भण्डारी

काठमाडौं । सरकारले आज १०औं उद्योग दिवस मनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आज १०औं उद्योग दिवसको कार्यक्रम भएको हो ।

‘उद्यमशील संस्कृतिः राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ उद्योग दिवस मनाइएको हो ।

१०औं उद्योग दिवसको दिन उद्योग मन्त्री दामोदर भण्डारीले निजीलाई सँगै राखेर सरकराले निजी क्षेत्रको समस्या समाधान गर्दै जाने बताएका छन् । उद्योग दिवसमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसघ र नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरुको उपस्थिती रहेको थिए ।

मन्त्रीले भने, ‘निजी क्षेत्रको समस्या समाधानको लागि सरकार तयार रहेको छ । हामी चरण चरणमा बसेर छलफल गर्न सक्छौं । विश्वमा पनि औद्योगिक क्रान्तिबाट मात्रै देश विकास भएको देखिएको छ । नेपालले पनि औद्योगीक क्रान्ति गर्नुपर्छ । त्यसका लागि भएका समस्या समाधान गर्नका लागि म तयार छु । यो सरकार नीतिगत सुधारको लागि लाग्ने छ । देशमा नै उत्पादन र राजगारी वृद्धि गर्नका लागि नेपालबाट विदेश गएर सीप सिकेका नेपालीहरुलाई नेपालमा नै उद्योग गर्नका लागि सरकारले सौलियतपूण ऋणको व्यवस्था गर्ने गरि काम गरिरहेको छ । लघु, घरेलु र जलु उद्योगलाई पनि हामीले प्रवर्द्धन गर्न आवश्यक रहेको छ । दुई ठूला पार्टी मिलेर सरकार बनेको पनि देशमा सकारात्कम परिवर्तन गर्नका लागि हो । लगानीका लागि बाधक रहेका कानुनलाई संशोधन सरकारले गर्ने छ ।’

निजी क्षेत्रका तर्फबाट उद्योगी राजेशकुमार अग्रवालले प्रस्तुती दिएका थिए । उनले भने, ‘भुटान बिट क्वाइन माइनीङ गर्ने ५औं ठूलो देश हो । त्यहाँ विद्युतको उत्पादन राम्रो छ । हामीले विट क्वाइन प्रयोग नगरेपटि माइनीङ गर्न सक्छौं ।

त्यो कुरा राज्यले बुझ्न आवश्क रहको छ । नेपालमा उद्योग स्थापना गर्न पनि प्रक्रिया लामो र झ्न्झटीलो रहेको छ । राज्यले यस तर्फ पनि ध्यान दिन आवश्यक रहको छ । नेपालमा बस्तु उत्पादनको लागत पनि महंगो रहेको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैधेले देशको आर्थिक अवस्था पछिल्लो २ वर्षदेखि खराब रहेको बताए ।

उनले भने, ‘अहिले उद्योगले गर्ने बस्तु उत्उत्पादन कटौती भैरहेको छ । बस्तु उत्पादनको लागत वृद्धि भइरहेको छ । तयारी बस्तुभन्दा कच्चा पदार्थको मुल्य एक तह कम हुनु पर्ने हो । तर, त्यस्तो छैन । सरकारले उत्पादनभन्दा पनि आयातमूखी अर्थतन्त्र तर्फदेश अगाडि बढिरहको देखिन्छ ।

१९९२ मंसिर ९ गते नेपालमा पहिलोपटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै २०७२ सालदेखि उद्योग दिवस मनाउन थालिएको हो । २०७१ साल चैत २० गते मन्त्रिपरिषद बैठकले मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालमा हाल उद्योग विभागको तथ्यांक अनुसार ९ हजार ५ सय १९ वटा उद्योगहरु रहेका छन् । जसमा ठूला १ हजार ४ सय १९, मझौला २ हजार १ सय ३९ र साना ५ हजार ९ सय ६१ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर