चितवनमा पिकनिक खान जाँदा भएकाे स्कुल बस दुर्घटनाका घाइते भएकामध्ये एकको निधन
चितवन । उपरदाङगढीमा पिकनिक खाएर फर्कँदै गर्दा शनिवार भएको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक विद्यार्थीको मृत्यु भएको छ ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत ८ वर्षका आरम्भ पोखरेलको आज बिहान मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
चितवन प्रहरीका डिएसपी ज्ञानकुमार महतोका अनुसार कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आरम्भको आज बिहान ५:३० बजे निधन भएको हो ।
शनिवार कालिका-४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३-०११ क २६७७ नम्बरको बस पिकनिक खाएर फर्किँदै गर्दा कालिका-९ द्रव्यटारमा दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा २८ जना घाइते भएका थिए भने दुई जनाको अवस्था गम्भीर थियो ।