प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, चीन भ्रमणबारे दिए यस्ता सुझाव – Nepal Press

प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, चीन भ्रमणबारे दिए यस्ता सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणको विषयमा परामर्श लिन बोलाइएको पूर्वप्रधानमन्त्रीहरुको बैठकमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई नजाने भएका छन् ।

उनले आफ्नो गृह जिल्ला गोरखामा पूर्वनिर्धारित कार्यक्रम भएकाले आउन नपाउने जानकारी दिँदै ४ सुझाव दिएका छन् ।

उनले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आफ्नो सार्वभौमसत्ता कायम राख्न आग्रह गरेका छन् ।

दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भू-रणनीतिक, भू-आर्थिक र भू-राजनीतिक स्थितिलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई ख्याल गर्दै मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

वैदेशिक व्यापार, पुँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने भन्दै यसअघि भारत र अमेरिकासँग गरेजस्तै चीनको बीआरआईबाट पनि फाइदा उठाउनुपर्ने उल्लेख गरेका छन् । उनले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री र भ्रमण टोलीलाई आगामी चीन भ्रमणको शुभकामना व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *