एशियाली जनसंख्या सम्मेलन- जनसांख्यिक समस्या समाधानको उपाय हाम्रो मुख्य ध्येय
नेपाल जनसंख्या संघ (पान) का अध्यक्ष डा.पद्मप्रसाद खतिवडा भन्छन्- जनसंख्याका मुद्दा दलहरूले बुझ्नु पर्दछ
नेपालको जनसंख्यामा आन्तरिक र अन्तराष्ट्रिय बसाइँसराइका बारेमा लामो समयदेखि अध्यापन, अनुसन्धान र पैरवी गर्दै आउनुभएका पद्धमप्रसाद खतिवडा त्रिवि जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक छन् । खतिवडा, जनसंख्या क्षेत्रका व्यावसायिकहरूको संस्था नेपाल जनसंख्या संघ (पान) का अध्यक्ष पनि हुनुहुन्छ । आसन्न छैटौं एशियाली जनसंख्या सम्मेलन मुल आयोजक समितिका सदस्य सचिवसमेत रहेका खतिवडासँग सम्मेलनको तयारी र यस सम्मेलनमा हुने बहस र विमर्शका बारेमा गरिएको कुराकानीको अंश नेपाल टकमा
– छैटौँ एसियाली सम्मेलनको तयारी कसरी अगाडि बढिरहेको छ ?
एशियाली जनसंख्या सम्मेलन हामीले तीव्ररूपमा अगाडि बढाइरहेका छौं । खासगरी यो सम्मेलनलाई सफल पार्नका लागि अतिथिहरूलाई पत्र पठाउने क्रम जारी छ । योभन्दा अगाडि नै सहभागीको नाम दर्ता गरिसकेका छौं । केही अन्य व्यक्तित्वहरुले यस्तो महत्वपूर्ण सम्मेलनमा हामी पनि भाग लिन चाहन्छौं भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सूचना आइरहेको छ । सकेसम्म उहाँहरूलाई पनि यो अवसरबाट वञ्चित नगरौं भनेर कतिपय अवस्थामा रजिस्ट्रेसनलाई खुल्ला पनि राखेका छौँ ।
– नेपालमा एशियाली जनसंख्या सम्मेलन गर्ने तयारी कहिलेदेखि गर्नुभएको हो ?
यो तयारी हामीले करिब एक वर्ष अगाडिदेखि गरेका हौँ । अन्तर्राष्ट्रियस्तरको सम्मेलनको तयार गर्न लामो समय लाग्दो रहेछ । नेपालमा उपलब्ध स्रोत, साधन, क्षमता, पूर्वाधार अनुसार गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय तहमा नै युनिभर्सिटी तथा अन्य मातहतमा हुने गर्छन् । त्यही गुणस्तरलाई हामीले कसरी कायम गर्ने भन्ने हिसाबले पनि यसमा हामी लागिरहेका छौं । यसमा केही सीमित व्यक्तिले मात्र गर्नसक्ने अवस्था हुँदैन । विभिन्न समितिहरू तयार गरिरहेका छौं । सबैको अपनत्व रहोस् भन्ने हिसाबले सरकारका नै आठ नौ वटा मन्त्रालयहरू त्यसमा पनि हाम्रो फोकल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय उहाँहरू मार्फत तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवज्यूको संयोजकत्वमा सल्लाहकार समिति बनाएका छौं । मुख्य राष्ट्रिय आयोजक समिति त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग रहेको छ । हाम्रो विभागीय प्रमुखले यसको संयोजन गर्नुहुन्छ । त्यसअन्तर्गत विभिन्न पाँच कमिटीहरू बनेका छन् । ती कमिटीहरूका प्रभूत्व व्यक्तित्वहरू, जनसङ्ख्याका जानकार, नीति निर्माताहरू योजनाकार भएका व्यक्तिहरूको पनि संलग्नता यो कमिटीमा रहेको छ ।
एसियन टाइगर भनेर खासगरी हङकङ ,सिङ्गापुर मलेसिया जस्ता देशहरूलाई चिनिन्छ। हाम्रो नेपालमा पनि आफ्नो देशका युवालाई आफ्नै देशमा लगानी गर्ने वातावरण अझै बनेको छैन । अहिले त्यही कारणले विदेशमा उहाँहरु गइरहनु भएको छ यस्ता विषयहरु पनि चर्चा हुनेछन् ।
सम्मेलन सफल पार्न ५ वटा उपसमिति पनि बनाएका छौं । सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ यो सम्मेलनमा भएको सम्पूर्ण गतिविधिलाई मिडियामार्फत सार्वजनिक होस् भन्ने उद्देश्यले हामीले मिडिया क्षेत्रमा काम गर्ने मिडियाकर्मी साथीहरूको पनि समिति राष्ट्रिय समाचार समितिदेखि लिएर अन्य पत्रपत्रिकाहरू विद्युतीय तथा छापा माध्यमबाट पनि गरिरहेका छौं । यसरी पाँच कमिटीलाई चलायमान बनाएर आफ्नो जिम्मेवारी पूरा गर्नेछौँ । वर्किङ भनेको सचिवालय जस्तै हो । यसले विभिन्न ठाउँमा पत्राचार गर्ने लगायत अन्य विभिन्न कामहरु हुन्छन् जुन सिडिपिएसलाई जिम्मा छ त्यहाँबाट काम भइरहेको छ ।
– सम्मेलनमा विशिष्ट व्यक्तित्वहरू को-को सहभागी हुनुहुन्छ ?
सम्मेलनको उद्घाटन सत्र होटल सोल्टीमा २ घण्टाको हुनेछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रुपमा आउँदै हुनुहुन्छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, हाम्रो फोकल मन्त्रालयका मन्त्रीज्यू , अन्य मन्त्रीज्यूहरू पनि सम्मेलनमा आउनुहुनेछ । त्यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीज्यूले नै एउटा कार्यपत्र प्रस्तुत गर्दै हुनुहुन्छ । जनसङ्ख्या र विकास सम्बन्धी सांसदहरुको राष्ट्रिय मञ्च नेपाल (एनएनपीपीडी) माननीयहरु सम्मेलनमा प्रतिनिधि सभा, राष्ट्रिय सभामा काम गर्नुभएका माननीयज्यूहरूको पनि एउटा फोरम छ । त्यहाँबाट पनि उद्घाटन सत्र लगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ ।
विभिन्न क्षेत्रबाट जस्तै त्रिभूवन विश्वविद्यालयको उपकुलपतिज्यूले उद्घाटन सत्रको अध्यक्षता गर्नुहुनेछ । मुख्य आयोजक नै सीडीपीएस भएकाले अरु डिपार्टमेन्ट साथै टियु अन्तर्गत रहनुभएका केन्द्रीय विभागका विभागीय प्रमुख ज्यूहरु आउनुहुनेछ । त्यसैगरी काठमाडौं उपत्यकाभित्रका क्याम्पस प्रमुखहरू अतिथि आउनुहुनेछ ।
जनसंख्याको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थालाई पनि उद्घाटन सत्रमा बोलाएका छौं । विभिन्न साझेदार संस्थाहरु युएनओका सदस्यहरू खासगरी हामीलाई यूएनएफपीएले आर्थिक सहयोग गरेको छ । यसैगरी अन्तराष्ट्रिय बसाइँसराइ संगठन (आईओएम) ले सहयोग गरेको छ ।
– यो सम्मेलनमा के कस्ता विषयहरू उठ्दछन् ?
यस सम्मेलनमा छलफलका लागि विभिन्न १७ विषयहरू रहेका छन् । खासगरी यो सम्मेलनको एउटा महत्वपूर्ण एशिया क्षेत्रमा मात्र नभएर संसारभर छ । विश्वमा नै कुनै बेला एउटा जमाना थियो त्यतिबेला उच्च प्रजनन् दर, उच्च मृत्युदर भन्ने गरिन्थ्यो । संसारमा र नेपालमा पनि सन् १९१९ यता आएर २०००/२०१० मा आउँदा जनसङ्ख्या क्रमश: घट्दै गएको अवस्था छ । र, अहिले आएर के भयो भने उच्च प्रजनन दरलाई कसरी घटाउने भन्ने नेपालमा पनि उपाय थियो र विश्वमा अरु देशमा पनि छ ।
अब प्रजनन दर घटेको अवस्था छ । जनसङ्ख्या वृद्धिदर पनि घटेको अवस्थामा छ । अब जनसंख्याको व्यवस्थापन जसमा तीनवटा तत्व हुन्छन् । पहिलो प्रजनन् दर व्यवस्थापन, मृत्युदर घटाउने, नेपालको सन्दर्भमा मातृमृत्युदर अहिले पनि चिन्ताको विषय छ । जति घट्नुपर्ने त्यति घट्न सकेको छैन ।
प्रति १ हजारमा १५१ आमाहरू त्यही गर्भवतीजन्य कारणले मृत्यु हुने भन्ने तथ्याङ्क छ । बालविवाहको सन्दर्भ नेपाल र विश्वमा पनि जोडिन्छ । त्यो सन्दर्भमा पनि केन्द्रित रहेर बहस हुन्छ र अर्को बसाइँसराइको व्यवस्थापन गर्नुपर्दछ । यसलाई नियन्त्रण गर्न सकिदैन । किनभने हाम्रो जस्तो मुलुकमा लोकतन्त्र मानव अधिकार, स्वतन्त्रताको अधिकार भएर नेपाल अग्रणी स्थानमा आउँछ ।
हाम्रो जस्तो देशमा यो जनसङ्ख्या नियन्त्रणतिर जाँदैन बरु यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बहस चलाउनु पर्दछ । व्यवस्थापनको अवधारणा नै के हो भने सुरक्षित हुनुपर्यो । नियमित प्रक्रियाबाट आउन । बसाइँसराइ एउटा स्वैच्छिक बसाइँसराइ हुन्छ भने अर्को चाहिँ बाध्यात्मक हिसाबको हुन्छ । दिगो विकासको लक्ष्य नम्बर ७ मा सेफ रेगुलर र अर्डरले माइग्रेसन भनिएको छ । यी विषयहरूमा पनि सम्मेलनका बहस केन्द्रित हुन्छन् । यसको छुट्टै एउटा प्लेनरी सेसन पनि छ । यो सेसन खासगरी प्रजनन् र परिवारसँग केन्द्रित रहेर हुन्छन् । किनभने हाम्रो जस्तो देशमा पनि परिवार एकाएक बढ्दै गएको छ । यसले भोलिका दिनमा ठूलो समस्या ल्याउन सक्छ भनेर पनि यो विषयलाई एउटा सेसनको रुपमा राखिएको छ ।
अर्कोतर्फ विभिन्न विकास सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका पक्षहरु आउँछन् यस्ता विषयलाई समेट्ने गरी टिमहरू बनाइएको छ । यसको बारेमा उद्घाटनसत्र पछाडि तीनवटा सेसन हुन्छन् तर पाँच ठाउँमा हुन्छ । एउटा सेसनमा २५ वटा कार्यक्रमहरू भइरहेको हुन्छ । करिब ४०० वटा सेसन चलाउने तयारीमा छौं ।
– यसमा एकैपटक पाँच सेसन चल्ने भन्नुभयो । सहभागीहरू सबै सेसनमा सहभागिता जनाउनबाट त वञ्चित हुने भए नि !
यो इन्टरनेसनल कन्फरेन्सको नर्म्स पनि हो । सबै सेसनमा सबै सहभागी हुने हो भने महिनौं दिनमा पनि सम्मेलन सकिँदैन । सम्मेलनमा दुई प्रकारको प्रस्तुति हुन्छ । एउटा मौखिक प्रस्तुति त्यसमा त्यसमा चाहिँ प्रस्तुतकर्ता वा जसको कार्यपत्र छनोट भएको छ । उहाँले सहभागीको अगाडि गएर आफैँ बोल्नुहुन्छ र त्यो सेसनमा छलफल हुन्छ ।
जनसंख्याको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थालाई पनि उद्घाटन सत्रमा बोलाएका छौं । विभिन्न साझेदार संस्थाहरु युएनओका सदस्यहरू खासगरी हामीलाई यूएनएफपीएले आर्थिक सहयोग गरेको छ । यसैगरी अन्तराष्ट्रिय बसाइँसराइ संगठन (आईओएम) ले सहयोग गरेको छ ।
अर्को पोस्टर भन्छ त्यो चाहिँ कोठाभन्दा बाहिरपट्टि हामीले व्यवस्था मिलाउँदै छौं । यसका लागि छुट्टै समय छुट्याइएको छ र त्यहाँ चाहिँ सहभागीहरु उभिएर कुन चाहिँ पोस्टरमा उहाँहरूलाई अभिरुची लाग्छ त्यसमा गएर जसले तयार गर्नुभएको छ उहाँहरुले राख्नुभएको विषय वस्तुको बारेमा धारणा राख्ने योग्यता लिने दिने गर्नुहुन्छ । यसरी पनि छुट्याइएको छ यसरी थुप्रै प्रकारले व्यवस्थापन गरिएको अवस्था छ ।
– सम्मेलनमा नेपालको जनसंख्याका मुद्दाहरू कसरी उठाइन्छ ?
छैंटौं एशियाली जनसंख्या सम्मेलन नेपालमै आयोजना भएकाले सन्देशमूलक कार्यक्रम गर्नुपर्छ भनेर ‘नेपाल स्पेसल सेसन’ भनेका छौं । यसमा एक किसिमले सरकारले नै अपनत्व गरेको छ । यसमा हामीले सीडीपीएसका पूर्वप्रमुख प्रा.डा. बालकुमार केसीलाई अनुरोध गरेका छौं । यसमा राज्यको तर्फबाट राष्ट्रिय जनगणनाको तथ्याङ्कमा आधारित रहेर अहिलेको प्रजनन ,मृत्युदर ,माइग्रेसन लगायतको स्थिति के छ भनेर उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले एक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
अर्कोतर्फ स्वास्थ्यलाई हानी गर्ने नसर्ने रोग पब्लिक हेल्थको विषय भएकाले त्यसमा पनि हाम्रो फोकस छ । यसमा टिचिङ हस्पिटलको डाक्टर हुनुहुन्छ राजिव ओझा उहाँले प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी प्रजनन् स्वास्थ्यसँग सम्बन्धित रहेर डाक्टर श्रेयसी अर्यालले प्रस्तुत गर्नुहुनेछ । जेन्डर इक्वालिटीको विषयमा र सामाजिक सुरक्षाको विषयमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै तर्फबाट एउटा प्रष्तुति हुनेछ । नेपाल सेसन १५ गते हुन्छ २ बजे सुरु भएर डेढ घण्टा सञ्चालन हुन्छ ।
– नेपाल लगायत एशियली देशहरुको जनसंख्यिक अवस्था के कस्तो अवस्थामा छ ?
जनसंख्या घटिरहेको छ । चीन, जापान, मलेसिया ,हङकङ जस्ता देशहरुमा ऋणात्मक वृद्धिदर रहेको छ । हाम्रो देशमा जनसङ्ख्या घटेको होइन घट्ने दर चाहिँ घटेको हो । २० वर्षको अन्तरालमा करिब २२ जनाबाट घटेर ९ जनामा आयो । यो तीव्र रुपमा घटेको छ भने हामी भन्न सक्छौं ।
यस्तै अवस्था रह्यो भने हामी पनि एक दुई जनगणनापछि ऋणात्मकतिर जाने अवस्था आउन सक्छ । जस्तै चाइनाको ऋणात्मक रहेको छ । जनसङ्ख्या वृद्धि भन्ने अवधारणा त एसियाभरि नै नहुने भयो । चाइनाले जनसंख्या वृद्धि गर्नका लागि बच्चाको शिक्षादिक्षा, पालनपोषण, स्वास्थ्य ,रोजगारको प्रबन्ध नै गर्छु भनेको छ ।
एसियन टाइगर भनेर खासगरी हङकङ ,सिङ्गापुर मलेसिया जस्ता देशहरूलाई चिनिन्छ। हाम्रो नेपालमा पनि आफ्नो देशका युवालाई आफ्नै देशमा लगानी गर्ने वातावरण अझै बनेको छैन । अहिले त्यही कारणले विदेशमा उहाँहरु गइरहनु भएको छ यस्ता विषयहरु पनि चर्चा हुनेछन् ।
भारत सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । तर उसको पनि जनसङ्ख्या व्यवस्था गर्न थालिसकेको छ । हाम्रो छिमेकी मुलुक पाकिस्तान र अफगानिस्तानमा वृद्धिदर बढी छ । त्यहाँको वृद्धिलाई हेर्ने दृष्टिकोण फरक छ । बङ्गलादेशमा घटिसक्यो समग्रमा अहिले घटेको वृद्धिदरबाट हामीले कसरी जनसङ्ख्या व्यवस्थापन गर्न र नीति निर्माणमा जोड्ने विषय प्राथमिकतामा राखेका छन् ।
यो हाम्रो सम्मेलनले के गर्दैछ भने प्रत्येक ५ सेसनमा रिपोर्टर्सहरू नियुक्ति गरेका छौं । उहाँहरुले दैनिक रुपमा हने छलफलको सार निकाल्नु हुनेछ । ती सारलाई हामी नेपाल सरकार स्वास्थय तथा जनसंख्या मन्त्रालयमा मस्यौदा हुदैगरेको जनसंख्या नीतिका सन्दर्भमा पनि पेश गर्नेछौं ।
यो सम्मेलनले नेपालमा मात्र होइन संसारभर जनसङ्ख्या वृद्धिदर घटिरहेको अवस्थामा यसलाई सन्तुलनमा कसरी ल्याउने यस विषयमा बढ्दो उमेरको युवा समूहलाई आफ्नै क्षेत्रमा आफ्नै देशमा लगानी गरेर विकास निर्माणमा प्रयोग भन्ने छ ।
एसियन टाइगर भनेर खासगरी हङकङ ,सिङ्गापुर मलेसिया जस्ता देशहरूलाई चिनिन्छ। हाम्रो नेपालमा पनि आफ्नो देशका युवालाई आफ्नै देशमा लगानी गर्ने वातावरण अझै बनेको छैन । अहिले त्यही कारणले विदेशमा उहाँहरु गइरहनु भएको छ यस्ता विषयहरु पनि चर्चा हुनेछन् ।
– यी सबै कुराहरु थाहा पाइरहनु पर्ने नीति निर्माता तह राजनीतिज्ञले हो । उहाँहरूलाई कसरी बुझाउनुहुन्छ ?
सरकारको पक्ष प्रतिपक्षमा हुने दलहरूलाई पनि हामीले निमन्त्रणा गरेका छौं तपाईँहरू आएर बसिदिनुहोस् सुनिदिनुहोस् भनेका छौं । सबै नीतिको माउ नीति नै राजनीति भन्दछन् । त्यो राजनीतिमा सुनवाइ भएन भने नीति परिवर्तन गर्न सकिँदैन किनभने योजना बजेट बनाउने दीर्घकालीन योजना बनाउने ऐन नियम बनाउने उहाँहरुले नै हो । त्यसैले जनसंख्या मुद्दाहरू राजनीति दलहरूले बुझ्नु पर्दछ । अझ राजनीति भनेको जनसंख्याका लागि गर्ने हो भन्ने कुरा उहाँहरूले बुझिदिनु भयो भने नेपालको जनसंख्या व्यवस्थपन गर्न सहज हुन्छ भन्ने मलाई लाग्दछ ।