अन्तर्राष्ट्रिय भाडा धेरै लिएको भेटिए उजुरी दिन मन्त्रालयको आग्रह – Nepal Press

अन्तर्राष्ट्रिय भाडा धेरै लिएको भेटिए उजुरी दिन मन्त्रालयको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा भाडा धेरै लिएको भएमा उजुरी गर्न भनेको छ । पछिल्लो समय हवाई भाड महँगो भएको भनेर विरोध भइरहेका बेला मन्त्रालयले उजुरी दिन अनुरोध गरेको हो ।

अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको गुनासो सम्बन्धमा हाल विभिन्न सोसल मिडियाहरूमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको भनेर विरोध भइरहेको छ ।

यात्रुहरू मारमा परेको भन्ने समाचार तथा गुनासोहरू आएको भन्दै मन्त्रालयले एक अध्ययन कार्यदल पनि गठन भएको छ ।

‘उच्च दरको हवाई टिकट खरिद बिक्री गरेको विषयमा कुनै गुनासो भएमा हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल र भौचर लगायतका अन्य प्रमाण सहित उजुरी गर्नु होला,’ मन्त्रालयले निकालेको सूचनामा भनिएको छ ।

इमेल मार्फत हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल र भौचर लगायतका अन्य प्रमाण सहित उजुरी दिन सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर