वीआरआईबारे देउवा- ऋण लिने सामर्थ्य छैन, अनुदान लिनुपर्छ (भिडिओ) – Nepal Press

वीआरआईबारे देउवा- ऋण लिने सामर्थ्य छैन, अनुदान लिनुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने धारणा कांग्रेसको रहेको प्रष्ट पारे । चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको उनको भनाइ छ ।

देउवाले भने, ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ?’

सभापति देउवाले चीन मित्र राष्ट्र भएको र किन त्यहाँ नजाने भन्दै प्रश्न गरे ।


प्रतिक्रिया

2 thoughts on “वीआरआईबारे देउवा- ऋण लिने सामर्थ्य छैन, अनुदान लिनुपर्छ (भिडिओ)

  1. ऋण जति संघियता नामको हात्ती पाल्न लिएर खर्च गर्यो , अब बिकासको लागी चाही भिख माग्दै हिड। सुको पैसा नदेउ है बिदेशी मित्रहरू।

  2. यसपाली चीनले अनुदान दिएर भए पनि बिआरआई परियोजना कार्यान्वयनमा हस्ताक्षर गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर