सचिवहरूसँग प्रधानमन्त्रीको बैठक स्थगित, क्याविनेट बस्दै
नेपाल प्रेस
२०८१ मंसिर १० गते १३:५४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवहरूसँग गर्ने भनेको त्रैमासिक समीक्षा स्थगित भएको छ ।
प्रधानमन्त्रीको कार्यव्यस्तताले दिउँसो २ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अहिले पूर्वप्रधानमन्त्रीहरूसँग आसन्न चीन भ्रमणबारे छलफलमा रहेका ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सचिवालयले दिएको जानकारी अनुसार बैठक ५ बजे सिंहदबारमा बस्दैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर