प्रचण्डले हैरान पारेपछि एमालेसँग मिलेका हौं, यो समीकरण २०८४ पछि पनि जानसक्छ: प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका छन् ।
नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको समीकरण २०८४ सम्म जाने दाबी गरे ।
उनले भने, ‘दुवै ठूला पार्टी सरकारमा बस्ने यो त प्राकृतिक र स्वाभाविक देखिएन भन्छन्, तर दुइटै पार्टी हैरान भए, उहाँको ३२ सीट छ । हामीले प्रधानमन्त्री पनि उहाँलाई नै मान्दिनुपर्ने, कहिले यता गर्ने, कहिले उता गर्ने, कति बोल्नु ! उहाँलाई त म त जसरी पनि प्रधानमन्त्री हुने हो, कांग्रेस र एमाले मिल्दैनन् भन्ने गलत सन्देश गएपछि हामी मिलेका हौं ।’
उनले कांग्रेस र एमाले २०८४ सम्म सँगै जाने प्रतिबद्धता गरेको भन्दै त्यसभन्दा पनि आवश्यक परे सँगै अगाडि जानसक्ने सुनाए ।