बागमती प्रदेश खेलकुद विकास परिषद्‌मा चार सदस्य नियुक्त – Nepal Press

बागमती प्रदेश खेलकुद विकास परिषद्‌मा चार सदस्य नियुक्त

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्‌मा चार जना सदस्य नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सदस्य नियुक्त गरेको हो ।

बैठकले परिषद् सदस्यमा मकवानपुरका सङ्गीत श्रेष्ठ, ललितपुरका रवि महर्जन, चितवनकी नवीना खनिया र रामेछापकी कल्पना खड्कालाई नियुक्त गरेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले बताए ।

एक जना सदस्यको कार्यकाल बाँकी रहेकोले उनको अवधि सकिएपछि मात्र थप सदस्यको नियुक्ति हुने प्रवक्ता लामिछानेको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *