१३ वर्षका वैभव बने आईपीएलको कान्छो खेलाडी
नेपाल प्रेस
२०८१ मंसिर १० गते २१:३५
हेटौंडा । विश्वको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल)को मेघा अक्सन साउदी अरबमा जारी छ । यो पटक अक्सनमा विभिन्न रेकर्ड कायम भैरहेको छ । सोही क्रममा बिहारका १३ वर्षीय ब्याटर वैभव सुर्यवंशी आईपीएलमा बिक्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । त्यो पनि करोड बढी मुल्यमा ।
भारतीय अण्डर–१९ का ब्याट्समेन वैभवलाई राजास्थान रोयल्सले १ करोड १० लाख भारुमा खरिद गरेको छ ।
अस्ट्रेलिया बिरुद्दको यु–१९ मा ५८ बलमा सतक बनाएर चर्चामा आएका १३ वर्षिय वैभवलाई राजस्थानले खरिद गरेको हो ।
बिहारको टिमबाट रणजित ट्रफी खेल्ने वैभवलाई भविष्यमा भारतका स्टार ब्याट्समेनको रुपमा हेर्न थालिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर