पुनर्जीवन फाउन्डेसनद्वारा बुढानीलकण्ठमा निःशुल्क योग शिविर
काठमाडौं । पुनर्जीवन फाउन्डेसनले बुढानीलकण्ठमा निःशुल्क योग शिविर सञ्चालन गरिरहेको छ ।
ध्यान, रेकी र मनोपरामर्श सेवा दिइरहेको यस फाउन्डेसनले बुढानीलकण्ठका स्थानीयहरूलाई लक्षित गरी बिहान साढे ५ देखि ७ बजेसम्म निःशुल्क योग कक्षाहरू सञ्चालन गरिरहेको फाउन्डेसनका अध्यक्ष तुलप्रसाद विकले बताए ।
पासिकोट बुढानीलकण्ठमा रहेको फाउन्डेसनले योग कक्षाहरू, ध्यान, रेकी, मनोपरामर्श, थेरापी, हाइकिङ, हिलिङ जस्ता कार्यहरू गर्दै आइरहेको छ ।
यस्तै, विद्यालयहरू, रिहाव सेन्टर, अन्य संघसंस्थाहरुको सहकार्यमा योग र ध्यान कक्षाहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।
मनोपरामर्श तथा अन्य आध्यात्मिक कक्षामा सहभागीहरूका लागि आवासीय सुविधा पनि फाउन्डेसनले गर्दै आइरहेको उनले बताए ।