गार्डियन माइक्रो इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ बिक्रीमा ल्याउने – Nepal Press

गार्डियन माइक्रो इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ बिक्रीमा ल्याउने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले यही मंसिर १९ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरिने कम्पनीले जनाएको छ । निष्कासन गरिने आईपीओमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ । यस आईपीओ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य तोकिएको छ ।

कम्पनीका अनुसार ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीका छुट्याइएको छ भने १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

यस आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *