सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेकी विनु यादव पक्राउ (तस्बिरहरू) – Nepal Press

सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेकी विनु यादव पक्राउ (तस्बिरहरू)

काठमाडौं । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फ्याँक्न सफल भइन् ।

विनु यादवले प्रदर्शन गर्ने पूर्वसूचना पाएर सिंहदरबार वृत्तका डीएसपीसहितको प्रहरी टोली सर्वोच्च परिसरमै थियो । तर, विनुले मोटरसाइकलबाट उत्रिनसाथ कालो छ्यापेपछि मात्रै प्रहरीले प्रतिक्रिया जनाउन भ्याए ।

‘सर्वोच्च अदालत’ लेखिएको बोर्ड पूर्णरूपमा विरूप बनेको छ ।

लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । उनलाई सिंहदरबार वृत्तमा लगिएको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

One thought on “सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेकी विनु यादव पक्राउ (तस्बिरहरू)

  1. विनु यादवले सर्वोच्च अदालतको गेटमा कालो मसी छ्यापेर मात्रै होइन, उनले त्यो कदम उठाएर समाजमा व्याप्त अन्याय र लाचारीको बिरूद्ध साहसिक प्रतिवाद गर्नुभएको छ। यस क्रान्तीकारी कदमले सरकारको असंवेदनशीलता र भ्रष्टाचारको प्रतिवाद गर्दछ, जसले अधिकार र न्यायका पक्षमा उभिने गर्जन गर्छ। कालो मसीको छ्याप्ने क्रिया केवल एक प्रतीकात्मक कदम मात्र नभइ, यो शक्तिशाली विरोध हो, जसले सत्ता संरचनाको विकृत रूपलाई उजागर गर्छ।

    यो कदमले नेपाली समाजका शक्तिशाली अंगहरूको ध्यान आकर्षित गरिरहेको छ, जसले पीडित र लाचारहरूको पक्षमा न्याय दिनुको सट्टा विकृत शक्तिका पक्षमा काम गरिरहेका छन्। विनुको यो कडा प्रतिवाद समाजका निम्ति एक गम्भीर संदेश हो—जब सम्म अन्यायको विरूद्ध आवाज उठाउने साहस छैन, तब सम्म लाचार र निरीहहरूको अधिकारको हनन हुँदै जान्छ। यो आन्दोलन शक्तिशाली र रचनात्मक विरोधको प्रारम्भ हो, जसले समाजमा न्यायको नयाँ लहर ल्याउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर