रवि घुमाउँदै प्रहरी, आज बेलुकी काठमाडौं ल्याइने
काठमाडौंमा प्रदर्शन चर्किन सक्ने भयले बिहानको टिकट रद्द
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्कीबाट काठमाडौं ल्याइने भएको छ । बेलुकी ५ बजे हवाई मार्गबाट ल्याउन लागिएको प्रहरी स्रोतले बतायो ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जि जारी गरिसकेको छ ।
रविलाई अनुसन्धानकाला लागि लैजान लागिएको काठमाडौं तेस्रो जिल्ला हो । कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो । काठमाडौंपछि चितवन लैजाने सेड्यूल छ ।
पोखराबाट आज बिहान ८ बजे ल्याउने तयारी थियो । बिहान ल्याउँदा काठमाडौंमा प्रदर्शन चर्किन सक्ने भयले गर्दा बेलुकालाई टिकट सारिएको स्रोतले बतायो ।