संविधानअनुसार बन्न बाँकी कानूनबारे अध्ययन गर्न डा. बेदुराम भुसालको नेतृत्वमा संसदीय उपसमिति गठन – Nepal Press

संविधानअनुसार बन्न बाँकी कानूनबारे अध्ययन गर्न डा. बेदुराम भुसालको नेतृत्वमा संसदीय उपसमिति गठन

काठमाडौं । संविधानअनुसार बन्न बाँकी कानूनबारे अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको समितिको बैठकले समिति सदस्य डा.बेदुराम भुसालको नेतृत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यमा सांसद गंगा कुमारी बेलबासे, गोपाल भट्टराई, मृगेन्द्रकुमार सिंह यादव र विष्णुदेवी पुडासैनी रहेका छन् ।

उपसमितिलाई एक महिनाको समय दिइएको समितिका सदस्य एवम उपसमिति सदस्य गंगाकुमारी बेलबासेले नेपाल प्रेसलाई जानकारी दिइन् ।

उनका अनुसार उक्त उपसमितिले यसअघि नै समितिले संविधानअनुसार बन्न बाँकी कानून संसदमा ल्याउन दिएको निर्देशनको कार्यान्वयनको अवस्थासमेतको अध्ययन गर्नेछ ।

सांसद बेलबासेका अनुसार उक्त उपसमितिले कुन मन्त्रालयले कति वटा विधेयक ल्याए र कति वटा विधेयक ल्याउन बाँकी छन् भनेर अध्ययन समेत गर्नेछ । उपसमितिको प्रतिवेदनका आधारमा सम्बन्धित मन्त्रालयसँग छलफल गरिने समितिले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर