एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ। यो साझेदारी अन्तर्गत, डिशहोमले नेपालका क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ का सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब च्यानलमा प्रशारण गर्नेछ ।
कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीहरूले सहज रुपमा एनपीएल २०२४ का सम्पूर्ण खेलहरु नेपालभित्र जुनसुकै स्थानबाट सहज रुपमा हेर्न सकिनेछ ।
डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सधँै तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बताएका छन् ।
एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउन मद्दत गर्नका साथै देशभरिका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको मानन्धरले बताए ।
एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेनचाइज टिमहरूले राउन्ड–रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
एनपीएलको पहिलो सिजन १५ मङ्सिरदेखि ६ पौष २०८१ सम्म(३० नवम्बर देखि २१ डिसेम्बर २०२४)हुँदैछ ।
डिशहोम, नेपालको अग्रणी टेलिभिजन र इन्टरनेट सेवा, तथा डाटा सेन्टर सेवा प्रदायक कम्पनी, सधैं नेपाली खेलकुद र क्रिकेटको विकासमा साझेदार बन्न प्रतिबद्ध रहँदै आएको छ ।