प्रधानमन्त्रीको चीन भ्रमणको संघारमा बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीको शीर्ष नेताहरूको बैठक बसेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति देउवासहित बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्क र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतलगायत शीर्ष नेता सहभागी थिए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, चिनियाँ परियोजना बीआरआईलगायतको विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाने मिति नजिकिएपछि कांग्रेसले पार्टीभित्र पनि बीआरआईको विषयमा छलफल चलाइरहेको छ। बीआरआई अन्तर्गत ऋण स्वीकार नगर्ने, अनुदान भएमात्रै लिने कांग्रेसको नीति छ ।
प्रधानमन्त्री ओलीले पनि ऋणसम्बन्धी सम्झौता नहुने बताउँदै आएका छन् ।