माओवादी बैठक : दुई कार्यदलको प्रतिवेदन अनुमोदन
नेपाल प्रेस
२०८१ मंसिर १२ गते १७:०३
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीद्वारा गठिन दुई कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ । पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कार्यदलले पेश गरेको सुझाव प्रतिवेदन अनुमोदन गर्ने निर्णंय भएको मुख्यसचिव श्रीराम ढकालले बताए ।
यसअघि बसेको पदाधिकारी बैठकले विधानलाई लिपिवद्ध गर्न र पालिका सम्मेलनबारे कार्यविधि बनाउने दुईवटा कार्यदल बनाएको थियो ।
विधानलाई लिपिवद्ध गर्न बनेको कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा थिए भने पालिका सम्मेलनबारे कार्यविधि बनाउन गठित कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर