निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित ७ जना कर्मचारी परिचालन – Nepal Press

निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित ७ जना कर्मचारी परिचालन

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचन सम्पन्न गर्नका लागि सबै निर्वाचन अधिकृतको कार्यालयमा ६–६ जना कर्मचारी परिचालन गरेको छ ।

आयोगले उपनिर्वाचन हुने ४४ स्थान मध्ये ३ स्थानमा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ४१ स्थानमा निर्वाचन अधिकृत सहित ६–६ जना कर्मचारी परिचालन गरेको हो ।

हरेक निर्वाचन अधिकृतको कार्यालयमा एक जना निर्वाचन अधिकारी, एक जना सहायक निर्वाचन अधिकारी, एक जना लेखापाल, एक जना कम्प्यूटर अपरेटर, एक जना हलुका सवारी चालक, एक जना सवारी चालक र एक जना निजी सुरक्षा अधिकारी (पिएसओ) सहित ७ जना कर्मचारी परिचालन गरिएको आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले नेपाल प्रेसलाई जानकारी दिइन् ।

उनका अनुसार सहायक निर्वाचन अधिकृत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यरत राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृत सरहको कर्मचारी, लेखापाल राजपत्र अनंकित प्रथम श्रेणी वा सो सरहको, वा जिल्ला निर्वाचन कार्यालयमा कार्यरत, स वा सो कार्यालयमा कार्यरत नभएमा कोष तथा लेखा नियन्त्रण कार्यालयले तोकेको व्यक्ति रहने व्यवस्था गरिएको छ ।

यस्तै कम्प्यूटरमा दक्ष सहायक कर्मचारी अर्थात राजपत्र अनंकित प्रथम श्रेणी वा सो सरहको कर्मचारी कम्प्यूटर अपरेटरका रुपमा खटाइएको हो ।

मतदान केन्द्रमा मतदान अधिकृत सहित ६ जना कर्मचारी

आयोगका अनुसार मतदान केन्द्रमा मतदान अधिकृत सहित ६ जना कर्मचारी खटाइने भएको छ । जसमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत एक जना र सहायक कर्मचारी २ जना रहने छ ।

दुई जना सहायक कर्मचारीमा मतदाता नामावली रुजु गर्नका लागि एक जना र मतदातालाई मतपत्र दिनका लागि एक जना रहनेछन् । यस्तै सहयोगी कर्मचारी एक जना, मतदान गरेका मतदाताको तथ्यांक राख्न र मतदाताको नङमा मसी लाउने महिला स्वयंसेवक एक जना तोकिएको छ ।

प्रमुख मतगणना अधिकारी सहित मतगणना टोलीमा पनि ६ जना कर्मचारी

मतदान सम्पन्न भइसकेपछि मतगणना गर्ने टोलीमा प्रमुख मतगणना अधिकारी सहित ६ जना कर्मचारी रहनेछन् । जसमा प्रमुख मतगणना अधिकारी (निर्वाचन अधिकृत) एक जना, सहायक मतगणना अधिकारी (सहायक निर्वाचन अधिकृत) एक जना, मतगणना सहायक एक जना र कम्प्यूटर अपरेटनर एक जना, कार्यालय सहयोगी एक जना र पिएसओ एक जना गरेर ६ जना रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर