नेपाल बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा छुट पाउने – Nepal Press

नेपाल बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा छुट पाउने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमाखाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामालाग्ने परामर्श शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्थासमेत गरिएको छ ।

सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रुप नारायण शाहले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमाखाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न सेवामा छुट प्राप्त गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर