लगानी आकर्षित गर्न कानूनी गाँठाहरू छिट्टै फुकाउने उद्योगमन्त्री भण्डारीको भनाइ (भिडिओ) – Nepal Press

लगानी आकर्षित गर्न कानूनी गाँठाहरू छिट्टै फुकाउने उद्योगमन्त्री भण्डारीको भनाइ (भिडिओ)

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धेरै ऐनहरू परिवर्तन गर्न लागिएको बताएका छन् । बिहीबार प्लाष्ट नेपाल २०२४ को उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले लगानीमा जटिल देखिएका कानूनहरू संशोधन गर्न लागिएको जानकारी दिएका हुन् ।

 

उनले भने, `नेपालमा लगानीका क्षेत्रमा केही कानूनहरूले समस्या पारेको गुनासो छ । ती कानून संशोधन गर्न प्रधानमन्त्रीज्युले पनि निर्देशन दिइसक्नु भएको छ । हामीले थुप्रै ऐनहरूमा चाँडै परिवर्तन गर्दैछौं ।´

नेपालमा लगानीमत्री वातावरण छ भन्ने भर्खरै प्राप्त भएको रेटिङले देखाएको बताउँदै उनले भने, `हामीले लगानी भित्र्याउनका लागि कहाँ कहाँ समस्या छन् त्यसबारे बसेर छलफल गरौं । जटिल भएको गाँठो फुकाउँ । ह्वारह्वार्ती विदेशी लगानी भित्र्याउने वातावरण निर्माण गरौं ।´

उद्योगका क्षेत्रमा देखिएका जटिलताको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँदै उनले उद्योगीका जायज माग सम्बोधन गर्ने बताए ।

`कछुवाको गतिमा हाम्रो अर्थतन्त्र सुधार हुँदैछ । अर्थतन्त्र सुधारका लागि हामीले सुधार आयोग गठन गरेका छौं । आयोगमा निजी क्षेत्रलाई समेत समेटेका छौ´, उनले भने ।

मन्त्री भण्डारीले प्लाष्टिकले जनजीवनमा धेरै प्रभाव पारेकाले यसको विस्थापित तत्काल सम्भव नभएपनि व्यवस्थितका उपाय खोज्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर