मौन अवधिअघि कीर्तिपुरमा तीन ठूला दलको शक्ति प्रदर्शन (तस्बिरहरु)
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मौन अवधि सुरू हुनुअघि ठूला राजनीतिक दलहरुले कीर्तिपुरमा शक्ति प्रदर्शन गरेका छन्।
कीर्तिपुरमा हुन लागेको मेयर र दुई वडाध्यक्ष पदको निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेस, एमाले र माओवादीले छुट्टाछुट्टै चुनावी सभा गरेका हुन्।
चुनावी प्रचारप्रसारको अन्तिम दिन कांग्रेसको तर्फबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले, एमालेको तर्फबाट महासचिव शंकर पोखरेललगायतले र माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता राजेन्द्र पाण्डेलगायतले आआफ्नो चुनावी सभालाई सम्बोधन गरेका छन्। यहाँ राप्रपाले भने हिजै चनावी सभा गरेको थियो।
कीर्तिपूरको मेयर पदका लागि १९ जना चुनावी मैदानमा छन्। यहाँ कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका डा. शिवशरण महर्जनबीच नै प्रतिस्पर्धामा छन्। ठूला राजनीतिक दलहरुलाई स्वतन्त्र उम्मेदवारहरुले पनि चुनौती बढाइरहेका छन्।
हेर्नुस् नेपाली कांग्रेसकाे चुनावी सभाकाे तस्बिरहरु-
हेर्नुस् नेकपा एमालेकाे चुनावी सभाकाे तस्बिरहरु-
हेर्नुस् नेकपा माओवादीकाे चुनावी सभाकाे तस्बिरहरु-