बाढीपहिरोको कारण बीमा कम्पनीमा १२ अर्ब रुपैयाँ दाबी, ७८ करोड मात्रै भुक्तानी – Nepal Press

बाढीपहिरोको कारण बीमा कम्पनीमा १२ अर्ब रुपैयाँ दाबी, ७८ करोड मात्रै भुक्तानी

काठमाडौं । बाढीपहिरोको कारण बीमा कम्पनीमा १२ अर्ब रुपैयाँ भन्दा बढीको दाबी परेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्‍याएको क्षतिको कारण बीमा कम्पनीहरूमा परेको १२ अर्ब २६ करोड ४ लखा ६२ हजार रुपैयाँ भन्दा बढीको दाबी परेको हो ।

तर, दाबी भुक्तानी भने एक अर्ब पनि पुग्न सकेको छैन । बीमा दाबी परेको मध्ये हालसम्म ७८ करोड ९३ लाख ८ हजार रुपैयाँ बराबरको मात्रै भुक्तानी भएको छ । उक्त भुक्तानी एक हजार २१५ जनालाई गरिएको हो । जबकी यस अवधिमा तीन हजार ५२९ जनाले दाबी पेश गरेका थिए ।

बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । मंसिर १२ गतेसम्म यस कम्पनीले ३९५ जनालाई २७ करोड ६ लाख २० हजार भुक्तानी गरेको छ । यस अवधिमा शिखरमा ४५७ जनाले एक अर्ब १० करोड २० लाख ८१ हजार रुपैयाँको दाबी पेश गरेका थिए ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५०५ जनाले २ अर्ब ५९ करोड ८ लाख ८९ हजार दाबी पेश गरेका छन् । यस कम्पनीबाट हालसम्म १६९ जनाले १३ करोड ६७ लाख ६१ हजार रुपैयाँ भुक्तानी पाएका छन् ।

सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको थियो । एक हजार ७१६ जनाले ९ अर्ब १ करोड ९५ लाख ४४ हजार रुपैयाँको दाबी भुक्तानीको माग गरेका छन् । जसमा ५३१ जनाले ५८ करोड ८३ लाख १८ हजार रुपैयाँ भुक्तानी पाएको छ ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत २ अर्ब ५८ करोड ४४ लाख ७५ हजार दाबी पर्दा निजी तर्फको मोटर बीमामा ३ अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँको दाबी परेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर