जहाजको लास्ट सीटमा बसेर काठमाडौं आए रवि
काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रविलाई बुद्ध एयरको विमानबाट भर्खरै काठमाडौं ल्याइएको हो । उनी विमानको लास्ट सीटमा बसेका छन् ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरिसकेको छ ।
रविलाई अनुसन्धानकाला लागि लैजान लागिएको काठमाडौं तेस्रो जिल्ला हो । कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो । काठमाडौंपछि चितवन लैजाने सेड्यूल छ ।
कति दु:ख दिएको यो अपराधी भ्रष्ट सरकारले रबिलाई!
कालो काङ्ग्रेसको गृहमन्त्री र महामन्त्रीको राजनीतिक प्रतिशोध हो यो!