३२ सीटेले म्याजिक नम्बर भन्दै शासन चलाउने युगको अन्त्य गर्नुपर्छ : शंकर पोखरेल (भिडिओ)
एमालेको सरकार बनेपछि युवाहरुको विदेश पलायन घटेको दाबी
नेपाल प्रेस
२०८१ मंसिर १३ गते १८:१०
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताको कारणले देश बन्न नसकेकोे दाबी गरेका छन् । कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देश बनाउनको लागि युवाहरु राजनीतिमा आउनुपर्ने बताए ।
उनले भने, ‘देश विकास गर्न बलियो राजनीतिक दलको आवश्यकता देखिएको छ । ३२ सीटेले म्याजिक नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरुले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ ।’
उनले एमालेको सरकार बनेपछि युवाहरुको विदेश पलायन पनि घट्ने गरेको दाबी गरे । राजनीतिक स्थायित्व भएको छिमेकी मुलुक चीन र भारतलाई हेरेर नेपालले पनि सिक्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया