सुन व्यवसायीको संघ संगठनमा नबसेकोलाई पनि कारोबार गर्न दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सुन व्यवसायीको संघ संगठनमा नबसेकै कारण कारोबार गर्न रोक लगाउन नहुने आदेश दिएको छ । रिद्धिसिद्धि ज्वेलर्स प्रालिको तर्फबाट सागर ढुंगानाले नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
व्यवसायीको संघ संगठनमा आवद्ध सुनको कारोबार गर्ने अनुमति प्राप्त व्यवसायीले मात्र सुन खरीद गर्न पाउने व्यवस्था गर्दा संघ संगठनमा आवद्ध नभएका व्यवसायीले सुन खरीद गर्न नपाई पेशा व्यवसाय सञ्चालन गर्न पाउने संविधानको मौलिक हकमा आघात पुग्ने भन्दै यस्तो आदेश दिएको हो ।
साथै नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्इ कार्यविधि पूरा गरेको अवस्थामा व्यवसायीका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न रोक्न नपाइने भन्दै अन्तरिम आदेश जारी गरेको हो ।